पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी

पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी


पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्ग राखिएको गोदाम घरमा आज भएको आगलागी पाँच घण्टामा नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपराह्न २ः३० बजेको समयमा लागेको आगो साँझ ७ः१५ बजे पूर्ण नियन्त्रणमा लिइएको हो ।

आगलागी नियन्त्रणका लागि काठमाडाँै महानगरपालिकाबाट ९जुद्ध बारुणयन्त्र० को एक, बौद्ध रामहिटीको एक, ललितपुर महानगरपालिकाको एक, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको दुई, त्रिभुवन विमानस्थलको एक र नेपाल प्रहरीको वाटर क्याननसहित आठ वटा दमकल र ३० पानी ट्याङ्करको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।  

आगलागी नियन्त्रणमा जिल्ला प्रहरी परिसर काठमाडाँैका प्रहरी वरिष्ठ उपरीक्षकसहित  सिंहदरबार, मालीगाउँ, नगर प्रहरी, ट्राफिक प्रहरी, विपद् व्यवस्थापन महाशाखाको टोलीसहित १२० प्रहरी परिचालन भएका थिए ।  

यस्तै नेपाली सेनाबाट करिब १०० जना, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट करिब ६० सुरक्षाकर्मीसमेत परिचालित भएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिकाबाट ३० नगर प्रहरी परिचालित भएका थिए ।  

उक्त आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र करोडौँको भौतिक सम्पत्ति क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेको छैन ।

आगलागीका कारणसमेत नखुलेकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, २९ असार, २०७९, २१:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९