त्रिपुरेश्वरस्थित जनप्रशासन क्याम्पसको १० रोपनी १३ आना जग्गामा रहेको व्यापारिक भवन वर्ल्ड ट्रेड सेन्टरले १ करोड ६७ लाख रुपैयाँ भाडा बुझाउन बाँकी रहेको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार भवन निर्माण गरी ३२ वर्ष प्रयोग गर्नेगरी उक्त जग्गा भाडामा दिन एक व्यवसायीसँग २०५९ माघ २ गते सम्झौता भएको हो । सम्झौता अनुसार प्रत्येक महिनाको घर भाडा महिना सुरु भएको १५ दिनभित्र बुझाइसक्नुपर्ने र समयमा नबुझाएमा २० प्रतिशका दरले विलम्ब शुल्क लाग्ने व्यवस्था छ ।
तर, ती व्यवसायीले २०६४ साल वैशाखदेखि २०७८ असारसम्म १ करोड ६७ लाख बुझाउन बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९