पानी पर्न छाडेपछि गर्मीले तराईको जनजीवन अस्तव्यस्त

पानी पर्न छाडेपछि गर्मीले तराईको जनजीवन अस्तव्यस्त


पानी पर्न छाडेपछि गर्मीले तराईको जनजीवन अस्तव्यस्त

महोत्तरी– मध्य असारयता पानी पर्न छाडेपछि गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन् । जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ ।

दिनहुँ उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा प्रदीपकुमार साह बताउछन् । मौसम परिवर्तन हुँदा बिरामीको सङ्ख्या बढेको उनी बताउछन् । अहिले ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र जिउ दुख्ने समस्या बढी छ । पसिना अत्यधिक आउने तर पर्याप्त पानी सेवन नगर्दा बिरामी हुने क्रम बढेको डा साहको भनाइ छ ।

अत्यधिक गर्मीका कारण सर्पको बिगबिगी समेत बढेको छ । यही साता बर्दिबास–३ स्थित सर्पदंश उपचार केन्द्र गौरीडाँडामा उपचार लिन आएका दुई सर्पदंशका बिरामीको उपचार सम्भव नभएपछि अन्यत्र पठाउँदा बाटोमै मृत्यु भयो । गर्मीकै कारण लामखुट्टे पनि ह्वात्तै बढेका छन् । ज्वरो, टाइफाइडलगायतका बिरामी बढेको बर्दिबास अस्पतालका चिकित्सक डा किशोर अधिकारी बताउछन् ।

अत्यधिक गर्मीले बालबालिकामा खटिराको समस्या देखिएको छ । महोत्तरीमा अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ । घामसँगैको तातो हावाका कारण सर्वसाधारण काम गर्न निस्कन छाडेका छन् । घाममा बाहिर ननिस्कन, जीउ ढाक्ने लुगा लगाउन, सफा र स्वच्छ पानी खान तथा ताजा र झोलिलो खानेकुरा खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । -रासस


प्रकाशित मिति: शुक्रबार, ३१ असार, २०७९, ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९