मोरङ कारागारमा कोरोनाबाट एकको मृत्यु, १८ जना अस्पताल भर्ना

मोरङ कारागारमा कोरोनाबाट एकको मृत्यु, १८ जना अस्पताल भर्ना


मोरङ कारागारमा कोरोनाबाट एकको मृत्यु, १८ जना अस्पताल भर्ना

 जिल्ला कारागार मोरङमा कोरोना भाइरस संक्रमण फैलिएको छ । विराटनगर महानगरपालिका(८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको हो ।

अत्याधिक ज्वरो आएपछि बिहीबार १९ कैदीबन्दीलाई कोशी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेकामध्ये एक जनाको बिहीबार नै मृत्यु भएको कारागार प्रशासनले जानकारी दिएको छ । अहिले १८ जना उपचारमा छन् ।

अस्पताल पुर्‍याइएकामध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आए पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण रहेको जनाइएको छ ।

१०० डिग्री भन्दा बढी ज्वरो आएका विरामीलाई अस्पताल भर्ना गरिएको र भित्र बिरामीको संख्या धेरै रहेको कारागार स्रोतले जानकारी दिएको छ । तीन सय क्षमताको कारागारमा अहिले एक हजार ८७ कैदीबन्दी छन् ।


प्रकाशित मिति: शुक्रबार, ३१ असार, २०७९, १४:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९