एमालेको सरकार आएपछि मुलुकको अर्थतन्त्र सुध्रिन्छ : महासचिव पोखरेल

एमालेको सरकार आएपछि मुलुकको अर्थतन्त्र सुध्रिन्छ : महासचिव पोखरेल


एमालेको सरकार आएपछि मुलुकको अर्थतन्त्र सुध्रिन्छ : महासचिव पोखरेल

काठमाडौँ, । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचारसंग मिल्ने दलसंग आगामी निर्वाचनमा सहकार्य गर्ने बताए ।

एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ ‘अनलाइनका सम्पादकसंग गरिएको अन्तरक्रिया’ कार्यक्रममा उनले आगामी निर्वाचनमा विभिन्न दलसंग सहकार्य जाने बिषयमा छलफल चलिरहेको बताए ।

“मुख्यतः एमालेको नीतिसंग मेल खाने दलसंग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौ” उनले भने, “ एमालेले जसलाई मित्र ठान्यो उसैसंग सहकार्य हुन्छ ।”

उनले पार्टी फुटेपनि त्यसको असर नगन्य रुपमा देखिएको बताए ।

उनले आगामी निर्वाचनमा पाँचदलिय गठबन्धन बने आफूहरु एक्लै निर्वाचनमा होमिएर बिजय प्राप्त गर्ने भनाई राखे ।

महासचिव पोखरेलले मुलुकमा जतिधेरै पार्टी भयो त्यति नै मुलुक अस्थिर हुने, वैदेशिक हस्तक्षेप बढ्ने बताए ।

उनले मुलुक निर्माणका लागि बलियो राजनीतिक शक्ति आवश्यक रहेको र त्यो दिशामा एमाले अगाडि बढ्ने बताए ।

उनले पोखरेलले मुलुकमा पुरानो नेतृत्वलाई विस्थापित गर्न सकेपनि नयाँ नेतृत्व र वर्गलाई स्थापित गर्न नसकेको बताए ।

उनले  २०६२÷०६३ को जनआन्दोलनले सवै समस्यालाई समाधान गर्छ भन्ने लागेको भएपनि त्यो पुरा नभएको स्पष्ट पारे ।

उनले कालो धन सेता बनाउने बिषयमा अहिलेका राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि आक्रमण भएको बताए ।  

उनले सरकार परिवर्तन हुने वित्तिकै लुकेको पैसा बाहिर आउने समेत दावी गर्दै एमालेले सरकारमा आएपछि मुलुकको अर्थतन्त्र पनि सुधार हुने बताए ।

एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले पार्टी र सम्पादकसंग खाडल पुर्न तथा पार्टीले सुधार्नुपर्ने कुराको  सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

 


प्रकाशित मिति: बुधबार, ४ साउन, २०७९, १९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९