आज मौद्रिक नीति आउँदै, मार्जिन कर्जाको सीमा ४-१२ के होला?

आज मौद्रिक नीति आउँदै, मार्जिन कर्जाको सीमा ४-१२ के होला?


आज मौद्रिक नीति आउँदै, मार्जिन कर्जाको सीमा ४-१२ के होला?

चालु आर्थिक वर्षको मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक हुँदैछ । आज बिहान ८ बजेपछि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।

राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसकेका गभर्नरले एक साता ढिलाइ गरेर शुक्रबार सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिलाई अन्तिम रूप दिन शुक्रबार बिहान आठ बजे सञ्चालक समितिको बैठक बोलाइएको छ  ।आज सार्वजनिक हुने मौद्रिक नीतिबारे राष्ट्र बैंकले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ सचिव मधुकुमार मरासिनी लगायतलाई ब्रिफिङ गरिसकेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति कसिलो हुने संकेत राष्ट्र बैंकले दिइसकेको छ ।

ब्याजदर बढ्ने, घरजग्गा र गाडी खरिदमा कडाइ, बिलासी वस्तुको आयातमा कडाइ, विदेशी मुद्राको सञ्चिति बढाउने, बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित लगायतका विषय मौद्रिक नीतिमा समेट्ने तयारी भइरहेको छ । यस्तै, बजेटले लिएको लक्ष्य अनुसार ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा मौद्रिक नीति केन्द्रित हुनेछ । राष्ट्र बैंकले कसिलो मौद्रिक नीति बनाउने तयारी गरिरहँदा निजी क्षेत्रले भने लचक मौद्रिक नीतिको अपेक्षा गरेको छ ।

मार्जिन कर्जाको सीमा ४-१२ के होला?
शेयर कारोबार पूणर्तः अनलाइन प्रणालीमा आबद्ध भएपछि सट्टेबजारमा लगानी गरेर बढीभन्दा बढी लाभ लिनेको ओइरो लाग्यो । बिस्तारै कोभिडको असर कम हुँदै जाँदा उद्योग-व्यवसाय खुल्न थाले । कोभिडपछि वस्तु तथा सेवाको माग ह्वात्तै बढ्यो । संकटमा शेयर बजारमा हौसिएर लगानी गरेका बैंकहरूलाई अर्थतन्त्र पुनरुत्थानमा लगानी बढाउनुपर्ने दबाब आयो ।

तर, बजारको माग थेगिनसक्नु गरी बढेपछि बढ्दो आयात र पुनरुत्थानका क्षेत्रमा बढी कर्जा जान थाल्यो । शेयर बजारमा ठूला लगानीकर्ताले बैंकबाट कर्जा लिएर शेयर बजारलाई बढाउनमा प्रयोग गरे । अहिले बैंकहरू कर्जाको माग धान्नै नसक्ने अवस्थामा पुगिसकेका छन् ।

शेयर बजारमा गएको कर्जालाई नियन्त्रण गर्न राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा घटाएर ४-१२ को क्याप लगाइदियो । त्यस्तै, यस्तो क्षेत्रमा जाने कर्जाको जोखिम भार पनि बढायो । त्यही शेयर धितो कर्जाको नीति हटाउन अहिले लगानीकर्तादेखि सांसदहरूले माग गरिरहेका छन् ।

शेयर धितो कर्जामा धेरैको चासो
कोभिडले देशभर आर्थिक क्रियाकलाप ठप्प भएका वेलामा बैंकहरूले लगानी गर्ने एक मात्र क्षेत्र बन्यो, शेयर बजार । अत्यावश्यक वस्तुबाहेक आयात समेत ठप्प भएपछि बैंकहरूले कर्जा लगानी गर्ने अरू ठाउँ पाएनन् । विगतमा जग्गासँगै शेयर बजारलाई अनुत्पादक र जोखिपूणर् क्षेत्र मानिए पनि बैंकहरूले धमाधम लगानी बढाए ।

आर्थिक वर्ष ०७४/७५ को असार मसान्तसम्म सेयर धितो कर्जा ४१ अर्ब १३ करोड रुपैयाँ मात्रै थियो । आर्थिक वर्ष ०७५/७६ को असार मसान्तसम्म आइपुग्दा यस्तो कर्जा ४५ अर्ब ४२ करोड पुगेको थियो । त्यसपछि कोभिडका कारण सरकारले लकडाउन थप्दै जाने र अन्य क्षेत्र बन्द भएका कारण शेयर धितोकर्जामा बैंकहरूले लगानी बढाउँदै लगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७७/७८ मा यस्तो कर्जा ७० अर्बभन्दा माथि पुगेको देखिन्छ ।


प्रकाशित मिति: शुक्रबार, ६ साउन, २०७९, ०९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९