सुस्तायो खोप अभियानः डेढ लाख मात्रा कोभिशिल्ड खोप गयो खेर

सुस्तायो खोप अभियानः डेढ लाख मात्रा कोभिशिल्ड खोप गयो खेर


सुस्तायो खोप अभियानः डेढ लाख मात्रा कोभिशिल्ड खोप गयो खेर

 नेपालमा विगत एक महिनादेखि कोरोना भाइरस संक्रमण दर बढिरहेको छ । तर सरकारले खोप अभियानलाई तीब्र बनाउनुको सट्टा वेवास्ता गर्न थालेको छ । खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा कोभिशिल्ड खोप खेर गएको छ ।

खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा झण्डै डेढ लाख डोज कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार बागमती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो । बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ । बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ ।

सरकारले खोप अभियानमा चासो नदिंदा अतिरिक्त मात्रा खोप त परै जाओस् काठमाडौं उपत्यकाभित्र एक मात्रा खोप लगाएका धेरैले दोस्रो मात्रा खोप पाउन सकेका छैनन् । आफूले पहिलो मात्रा खोप लगाएको चार महिना बितिसक्दा पनि दोस्रो खोप लगाउन नपाएको भक्तपुरका एक स्थानीयले बताए । स्वास्थ्य संस्थामा धेरैपल्ट गएर बुझ्दा पनि दोस्रो मात्राका लागि खोप नआएको जानकारी दिएको उनले बताए ।

पछिल्ला दिन कोभिड संक्रमणको जोखिम भने बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमण दर ११ दशमलव ८४ प्रतिशत देखिएको छ । गएको २४ घण्टामा १ हजार ८८ पीसीआर परीक्षणमा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टिजेन परीक्षणमा १ सय १९ संक्रमित पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हाल मुलुकभर सक्रिय संक्रमितको संख्या २,९७१ पुगेको छ । अघिल्लो साता संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: आइतबार, ८ साउन, २०७९, ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९