सरकारले गरेका गलत गतिविधिको खेलकुद महासंघले खवरदारी गर्ने

सरकारले गरेका गलत गतिविधिको खेलकुद महासंघले खवरदारी गर्ने


सरकारले गरेका गलत गतिविधिको  खेलकुद महासंघले खवरदारी गर्ने

काठमाडौं । सरकारले गरेका गलत गतिविधिमा खवरदारी गर्न नेपाल खेलकुद महासंघले विरोधसभा गर्ने भएको छ ।

नेपाल खेलकुद महासंघद्धारा सोमबार आयोजित विशेष वैठकमा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले यहि साउन १६ गते सरकारले गरेको मुल्यबृद्धिको विरोध, अनियमितता, भष्ट्राचार लगायतका बिषयमा खवरदारी गर्न बिरोधसभाको आयोजना गरिएको बताए ।

काठमाडौंको बसन्तपुरमा हुने विरोधसभामा लाखौको सहभागिता हुने  छ।

महासंघका सह ईन्चार्ज रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो बैठकमा बजेट निमार्णमा सरकारले बाहिरका व्यक्तिलाई समावेश गर्नु, नागरिकता विधेयकमा भएको मनमरीको बिरोध गरिने बताइएको छ । कार्यक्रममा सह ईन्चार्ज रमेश पौडेलले वर्तमान सरकारले खेलकुद क्षेत्रलाई वेवास्ता गरेको बताए ।

नेपाल खेलकुद महासंघको विशेष बैठक उपलब्ध स्थायी कमिटी सदस्य,सचिवालय सदस्य,आयोगका पदाधिकारीहरु, खेल संघका प्रमुखहरु, उपत्यका विशेष प्रदेश एवं बागमती प्रदेशका पदाधिकारीहरु,काठमाडौं,भक्तपुर,ललितपुरका अध्यक्ष लगायत उपस्थितिमा रहेको थियो । 

महासंघले सरकारले गरेको मूल्यवृद्धि,राष्ट्रघात,अनयमितता लगायत सम्पूर्ण गलत क्रियाकलाप विरुद्धको विरोध कार्यक्रममा महासंघको भुमिका एवं वृहत उपस्थिति ,महासंघका सांगठनिक कामलाई थप गतिशील  बनाउदै लग्ने साथै नेकोसका सम्पूर्ण तह तप्काका कमिटीहरुलाई थप चलायमान बनाउदै लग्ने लगायत विषय वस्तुमा छ्लफल भएको थियो ।


प्रकाशित मिति: मंगलबार, १० साउन, २०७९, १३:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९