१० अर्बको औषधी उपकरण खरिदमा अनियमितता गरेको भन्दै डा. चौरसियालाई राज्यमन्त्रीको पत्र

१० अर्बको औषधी उपकरण खरिदमा अनियमितता गरेको भन्दै डा. चौरसियालाई राज्यमन्त्रीको पत्र


१० अर्बको औषधी उपकरण खरिदमा अनियमितता गरेको भन्दै डा. चौरसियालाई राज्यमन्त्रीको पत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले १० अर्बभन्दा बढीमा अनियमितता गरेको भन्दै  स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियालाई पत्र काटेका छन् ।

 स्वास्थ्य राज्यमन्त्री  केसीको ठाडो आदेशमा उनलाई आज पत्र काटेर ५ बजेभित्र मन्त्रालय उपस्थित हुन निर्देशन दिइएको छ ।

मन्त्रालयले लेखेको पत्रमा डा। चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेका, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको उल्लेख छ । 

यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको आरोप लागेपछि उनलाई ५ बजेभित्र मन्त्रालयमा उपस्थित हुन भनिएको हो ।

मन्त्री केसीले अनलाइन मिडियामा यस्ता समाचारहरु प्रकाशित भएपछि ५ बजेभित्र मन्त्रालय उपस्थित भएर जवाफ दिन डा. चौरासियालाई पत्र पठाएका हुन् ।

 


प्रकाशित मिति: मंगलबार, १० साउन, २०७९, १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९