काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अध्यक्षका पाँच दाबेदार नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित र सुचित्रा श्रेष्ठले नियुक्ति खारेज माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराएका हुन् ।
अध्यक्षमा नियुक्ति हुनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने तर, केसीको योग्यता नपुगेको भन्दै उनीहरुले नियुक्ति खारेजीको माग गरेका छन् । उनीहरुले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन् ।
मन्त्रिपरिषद्ले गत साउन ९ गते केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । बोर्ड अध्यक्ष बन्नका लागि केसीसहित अरुणकुमार प्रधान दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीले उम्मेदवारी दिएक थिए । तर, उनीहरुमध्ये पहिलो रोजाइमा केसी परेका थिए । र, उनैलाई सरकारले अध्यक्षमा चुनेको थियो ।
तर, केसीलाई अध्यक्षमा नियुक्त गर्न नाजायज तरिकाले मापदण्ड संसोधन गरेको रिट दायर गर्ने उम्मेदवारहरुको आरोपछ । कुनै पनि सरकारी निकायमा नियुक्ति हुने उम्मेदवार स्नातक पास गरेको हुनुपर्ने नियम सच्याएर केसीलाई अध्यक्ष बनाइएको उम्मेदवारहरुको आरोप छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९