नेपाली चलचित्र ‘घरजम’ असोज ‌‌‌‌‌२ गते क्यानडामा प्रदर्शन हुँदै

नेपाली चलचित्र ‘घरजम’ असोज ‌‌‌‌‌२ गते क्यानडामा प्रदर्शन हुँदै


नेपाली चलचित्र ‘घरजम’  असोज ‌‌‌‌‌२ गते क्यानडामा प्रदर्शन हुँदै

क्यानडाको काल्गेरीमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ प्रदर्शन हुने भएको छ । याक्थुङ इमर्जेन्सी रिलिफ फन्डको आयोजनामा याक्थुङ चुम्लुङ एसोसिएसन काल्गेरी र किरात याक्थुङ चुम्लुङ काल्गेरीसंग सहकार्य गर्दै ग्लोब सिनेमा हलमा असोज ‌‌‌‌‌२ गते आइतबारका दिन प्रदर्शन हुन लागेको हो ।

रोमियो फिल्मस् प्रा. लि.को ब्यानरमा बनेको फिल्मका निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । सो बाट उठेको रकम मध्ये केही रकम याक्थुङ आपतकालिन राहत कोषमा जम्मा गर्ने निर्माता किशोर कुमार लिम्बूले बताए ।

फिल्ममा भरतमणी पौडेल, बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, लक्ष्मी योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ आदिको अभिनय रहेकोछ ।


मौसम लिम्बुले निर्देशन गरेको चलचित्रलाई युवराज राइले छायांकन गरेका छन् भने फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन्।


प्रकाशित मिति: सोमबार, १३ भदौ, २०७९, १०:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९