गायिका शान्ता जिसीको 'गोप्य कुरा' गीत सार्वजनिक

गायिका शान्ता जिसीको 'गोप्य कुरा' गीत सार्वजनिक


गायिका शान्ता जिसीको 'गोप्य कुरा' गीत सार्वजनिक

पछिल्लो समय नेपाली सांगीतिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ–नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । ती मध्ये माया प्रेममा आधारित, दोहोरी र रत्यौली जस्तो सुनेने तिजका गीत तथा भिडियोहरुले बजार तताइरहेका बेला, एकदम रमाईलो छमछम नाच्न मिल्ने शव्दहरु र संगीत समेटिएको नयाँ तिज भाका बजारमा आएको छ ।

सुमधुर स्वरकी धनी गायिका शान्ता जी.सी र गायक प्रेम सापकोटाको आवाजमा (गोप्य कुरा) बोलको बडा रमाईलो तीज गीत सार्वजनिक भएको छ । गायिका शान्ता जि.सी आधुनिक लोकपप लोक तथा दोहोरी राम्रो गाउने गायिका मध्ये पर्दछिन, उनको आवाजमा यस भन्दा अघि आधुनिक गीत (न रविले देख्न सक्छ) र तीज गीत (घरबारी) लगायत अन्य गीतहरु बजारमा आएर चर्चामा कमाई सकेका छन भने, अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा नयाँ छम छम नाच्ने तीज गीत (गोप्य कुरा) बाजारमा ल्याएकी हुन् गायिका शान्ता जीसीले । उक्त गीतमा शब्द संगीत गायक प्रेम सापकोटा कै रहेको छ भने, संगीत संयोजन सुनिल परियारको रहेको छ । गीतलाई मिक्सिङ्ग मास्टरिङ खडक बाजुरालीले गरेका हुन् ।

गीतको भिडियोमा शेखर घर्ति मगरको निर्देशन र कोरियोग्राफी रहेको छ, छयांकन दुर्गा पौडेल, सम्पादन प्रकाश धमलाको रहेको छ । भिडियोमा बिजय पुन र समारिका ढकालको मनमोहक अभिनय सहित नृत्य देख्न पाईञ्छ । गीतको भिडियो गायिका शान्ता जीसीको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।


आउनुहोस हेरौं उक्त रमाईलो तीज गीत को भिडियो ।


प्रकाशित मिति: मंगलबार, ३० साउन, २०८०, १३:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९