जनताको जनलहर एमालेमा छ : सूर्य ढकाल

जनताको जनलहर एमालेमा छ : सूर्य ढकाल


जनताको जनलहर एमालेमा छ : सूर्य ढकाल

उमेदवारी दर्ता पछि के सोचिरहनु भएको छ ?

पार्टी नेतृत्व आम नेता कार्यकर्ता र सबैको सहयोगमा एमालेको तर्फबाट बाँके क्षेत्र नं. १ प्रतिनिधिसभाको लागि मेरो उम्मेदवारी परेको छ यसलाई मेलै स्वाभाविक रुपमा लिएको छ । २०५४ सालदेखि म उम्मेदवारी बन्न खोजेको थिए अहिले बल्ल समय जुरेको छ । ढिलै भए पनि पार्टीले ठिक निर्णय गयो भन्ने लाग्छ । पाँच दलीय गठबन्धनले मुलकमा पारेको राजनीतिक, आर्थिक सामाजिक र राष्ट्रियताका विषयमा पारेका र पार्ने सक्ने विषयहरु मतदातालाई कसरी बुझाउन सकिन्छ । 

 पार्टीपंक्ति कसरी परिचालित गर्ने, आर्थिक संकलन तथा परिचालन र पाँच दलिय गठवन्धनको षडयन्त्रलाई कसरी रोक्ने, मत संख्या कसरी बढाउने, क्षेत्र न १ का समस्यहरुको कसरी समाधन गर्ने यिनै बिषयहरु छन् । 

 स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षा गरे अनुसारको विजय हासिल गर्ने सकेन यो निर्वाचन जित्ने आधार के हो  ?

२०७८ साल बैशाख ३० गते सम्पन्न्न भएको निर्वाचनमा हामीले सिट र मतको आधारमा ठूलो पार्टी बन्ने उद्घोष गरेका थियौं । सिटमा हामी पहिलो पार्टी भन्न सकेनांै । मतका आधारमा एमाले पहिलो पार्टी बन्न सफल भएको छ । यस पटकको निर्वाचनमा नेपाली काँगेस, माओवादी केन्द्र, नेकपा (समाजवादी केन्द्र) आदि चुनाव लडेनन । नेकपा (एमाले) र पाँच दलीय गठवन्धनको बिचमा चुनाव भएको थियो । चौतर्फी घेराबन्दी हुँदा पनि एमाले सिटमा दोस्रो र मतमा पहिलो भएको छ ।

हामी सिटमा पहिलो हुन नसकेको कारण समिक्षा गरेका छौं  भने पाँचदलीय गठबन्धन भने एमालेलाई हराउन नसकेकोमा चिन्ता गरिरहेको छ । संघ र प्रदेशको चुनाबमा एक्लै एमालेसँग प्रतिस्पर्धा गर्ने सकिदैन भन्दै गठबन्धन फेरि गठवन्धन गरेर आएको छ । जनता गठवन्धनको विपक्षमा रहेका छन । जनताको जनलहर एमाले प्रति छ । पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गरेका छौ ।

 जनताले परिर्वतनको अनुभूति गर्न नसक्नुको कारण के हो ?

राजनीतिक परिर्वतन भयो । राजनीतिक अधिकार पनि संस्थागत भयो । तर आर्थिक, सामाजिक र सिस्टममा परिर्वतन गर्न सकेनौं । सिष्टम महत्वपूर्ण कुरा हो ।

आर्थिक र सामाजिक परिर्वतन गर्नका लागि सिष्टम परिवर्तन गर्न नसक्दा जनताले परिर्वतनको अनुभूति पाउन सकेनन् । अब जनताले परिर्वतनको अनुभुति हुने गरि काम र योजना बनाउनु पर्छ ।

हाम्रा देशको विकास किन हुन सकेन ?

एक शताव्दी पहिलेसम्म हामीभन्दा गरिव राष्ट्रको सूचिमा दर्ज भएका राष्ट्रहरु दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर विकसित मुलुकका रुपमा स्थापित भई सके । हामी भने खस्किदै खस्किदै अति गरिब राष्ट्रको सूचिमा आइपुगेको अवस्थामा छांै ।

हामीसँगै परिवर्तन भएका देश आर्थिक रुपले कहाँ पुगे । हामी किन सिङ्गगापुर, कोरिया जस्तो धनी हुन सकेनौ ? हामीमा के कमजोरी छ ? आखिरी के भयो भने देश बन्छ ? अब हामी पनि गम्भीर बन्नु पदर्छ ।

स्थिर सरकार बन्न नसक्नु, लामो समयसम्म यथास्थिमा रमाउने पार्टी सरकारमा रहनु विकासको साझा मोडल नहुनु । राजनीतिक इच्छा शक्ति भएको व्यत्तिले सरकारको नेतृत्व गर्ने नपाउनु । आदि कुराले हाम्रो विकासलाई प्रभाव पारेको छ ।

विकासको परिभाषा के हो ? के लाई विकास भनिन्छ ?

आज हामीले भन्ने गरेको आधुनिक विकासको मान्यता सन् १९५० पछि विकसित भएको हो । त्यो भन्दा अगाडि शहरकिरणको विकास हुनु नै विकासको परिभाषा थियो । विकास सापेक्ष हुन्छ र यो मानवीय आवश्यकताले निर्धारण गर्दछ । विकासको परिभाषा त्यति सजिलो छैन । अर्थशास्त्रीहरुको दृष्टिकोणमा प्रतिव्यक्ति आम्दानी तथा कुल गार्हस्थ उत्पादनमा हुने वृद्धि विकास हो । 

राजनीतिशास्त्रीहरुको दृष्टिकोणमा विकास भनेको जनता सार्वभौमसत्ता सम्पन्न हुनु देशमा योग्य, सक्षम गतिशिल एव क्षमतावान नेतृत्व हुनु, नागरिक स्वतन्त्रता, मानव अधिकार सहित भौतिक उपलव्धताको सहजता हुनु हो । विकास भनेको जनताको जीवन स्तर सुधार आउनुु नै विकास हो । तर त्यो हामीले पाएका छैनौं । 

नेपालको विकासको लागि पहिलो शर्त के हो ?

कृषिप्रधान मुलुक भए तापनि वार्षिक खर्बौ रुपया बराबरको कृषिजन्य वस्तु आयात हुने गर्छ । आलु पाँच अर्बको आयात, हरियो तरकारी चार अर्बको प्याज दुई अर्बको गोलभेडा ४५ करोड मेवा २ अर्ब  खरवुजा १ अर्बको आयात हुन्छ , चामल १२ अर्ब ३८ करोड, मासु १७ अर्बको आयत हुने देशका नागरिक हौं हामी । 

उता कामको खोजिमा लाखांै युवाहरु विदेशी भूमिमा रगत पसिना बगाइरहेका छन् । कृषिको आधुनिकरण तथा व्यवसायी करण र श्रमको सम्मान गर्ने सस्कृतिको विकास नै नेपालको विकासको पहिलो सर्त हो ।

सडक विभागले सडक निमार्ण गरेको एक महिना नबित्यै ढलने बाटो भत्तकाउन सुरु गदर्र्छ । ढल निमार्णको काम फत्ते भएपछि खानेपानीले भत्तकाउन सुरु गदर्छ । खानेपानीको काम फत्ते भएपछि टेलिकमले लाइनको लागि भत्तकाउन सूरु गदर्र्छ यही हो नेपालको विकासको अहिलेसम्मको मोडल कागजी प्रक्रिया ठीक भए सवै ठीक हुने विकास मोडल हाम्रो विकास मोडल भयो । यो विधिलाई पनि परिर्वतन गर्नुपर्छ । विकासमा वाधकको रुपमा रहेका कानुनहरु परिर्वतन गर्नुपर्छ । 

तपाई एमालेको नेता तपाईले उठाउने मुद्दाहरु के हुन ?

यस्ता धेरै मुद्दा र विषयहरु छन् । पहिला विकासको साझा मोडन तयार गर्ने, पराराष्ट्र नीति सबै पार्टीको एउटै बनाउने, वन कार्यालय, भन्सार इलाका जिप्रका, सिंहदरवार जस्ता कार्यालयमा जम्मा भएर कुहेर सडेर जाने ती बस्तुहरुको वैज्ञानिक व्यवसथा गर्ने, शिक्षामा आमुल परिर्वतन गर्ने, एक घर एक रोजगारीको वैधानिक व्यवस्था मिलाउने, शिक्षण पेशामा ए पसललाई मात्र इन्ट्री गर्ने र सबैभन्दा बढी तलव शिक्षण पेशामा कायम गर्ने दिने व्यवस्था गर्ने र श्रमको सम्मान गर्ने विधि संस्कृतिको विकास गर्ने र किसानलाई परिचयपत्र उपलव्ध गराउने जस्ता महत्वपूर्ण तर गर्न सकिने कुराहरु पनि किन हुन सकिरहेका छैनन् ? भन्ने कुराले पिरोलिरहन्छ ।

यस्तै यस्तै विषयहरुले सताइरहेको हुन्छ ।राष्टिय स्तरमा शिक्षा,सस्वाथ्य र रोजगारी को मुद्दा नै मेरो मुख्य मुद्दा हो ।

तपाई ३०, ३१ वर्षदेखि निरन्तर यो क्षेत्रमा राजनीतिक काम गरिरहनु भएको छ यो क्षेत्रमा प्रथामिकताका साथ गर्नेुपर्ने कामहरु के के हुन् ? 

फरक–फरक मनोविज्ञान भएका कोहलपुर, राप्तीसोनारी र नरैनापुर यो क्षेत्रमा पर्छन् । शिक्षा, स्वाथ्य र रोजगार यी तीनै पालिकाका साझा समस्या हुन् । नरैनापुर हर हिसावले पछाडि पारिएको र परेको छ । नरैनापुरको लागि यहाँका जनताको जीवन स्तर उठाउनु पर्छ ।

युवालाई स्वरोजगार बनाउने कुरालाई प्राथमिकतामा  राख्दै राप्ती सोनारीको राप्ती नदी र खोला नालाबाट हुने कटान, डुवान र बाँके राष्ट्रिय निकुञ्जबाट हुने जङ्गली जनवारले गर्ने क्षति, कोहलपुर चपरगौढी खडकवार घुईयावारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेशिय मार्ग र कोहलपुर क्रिकेट मैदान यी मुद्दाहरुलाई प्राथामिकतामा राखेर काम गर्न सकियो भने विकास र अर्थ राजनीतिमा क्षेत्र नं. १ ले फड्को मार्ने छ  ।

एमालेलाई मत किन दिने ?

अहिलेको सरकारले नीतिलाई भन्दा नेतालाई प्राथमिकतामा राखेको छ । जनतालाई कसरी सेवा सुविधा दिनेभन्दा कसरी सत्ता टिकाउनेमा केन्द्रित छ । यो गठबन्धनले मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) तथा राष्ट्रघाती विधेकयहरु पास गरेको छ । यसलाई खारेज गर्नु छ  ।

जनताका मुर्छित सपनाहरु जागृत गर्नु पर्नेछ । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न पनि एमालेलाई मत दिनैपर्छ । 

नेपाली समाजमा रहेका विधमान सबै प्रकारका अन्याय, अत्याचार र विभेदको समाप्त गर्ने पार्टी एमाले नै हो । न्याय, स्वतन्त्रता र समानता, सामाजिक सद्भाव, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि एमालेलाई मत दिनै पर्छ । 

कालापानी लिपुलेक र लिम्पुधुरा हाम्रा भूभागहरु अलपत्र परेका छन् । यी भूभागहरु फिर्ता ल्याउन पनि एमाले बाहेक अन्य कुनै.बिकल्प नै छैन । अब भन्नुहोस् यस्तो अवास्थामा एमालेलाई भोट नदिने भन्ने सवाल उठ्छ .र ? यी कामको नेतृत्व एमाले वाहेक अरु कसैले गर्ने सक्दैन । त्यसैले पनि जनताले एमालेलाई नै मत दिनेछन् ।

एमालेले चुनाव जित्ने आधार के हो ?

अहिले डेगुको माहामारी छ सरकार बेखवरी छ । सरकार सरकार जस्तो छैन, न्यायलय न्यायलय जस्तो छैन । राष्ट्रियता सबैभन्दा कमजोर अवस्थामा छ । बजार र बैकमा पैसा छैन । 

व्यापारीहरुले व्यापार गर्ने सकेका छैन ।देश र जनताको अवस्था झन झन जरजर बनेको छ । जनता गठबन्धनको विपक्षमा छन् । गठबन्धन राष्ट्रियता जोगाउन बनेको होइन भन्ने कुरा जनजनलाई थाहा छ । जनतालाई सत्ता होइन राष्ट्रिय शक्ति चाहिएको छ । 

गठबन्धनले राष्ट्रियता कमजोर बनाएको छ । गठबन्धनले गरेका राष्ट्रघात, जनघात र जनविरोधी कार्यहरु, नेकपा एमालेको केन्द्रदेखि टोलसम्म बनेका पाटी कमिटीहरु तथा हाम्रो संगठन, नेकपा एमालेसँग आवद्ध जनवर्गीय संगठनहरु, जनताको आकर्षण र सरकारमा रहदा हामीले गरेका राम्रा कामहरु र प्रतिपक्षमा रहदा हामीले खेलेको भूमिका नै हामी जित्ने आधारहरु हुन् ।

राजनीतिक दल र तिनका नेताहरुप्रति यति धेरै असन्तुष्टि  किन बढिरहेको छ ?

जनतामा तिन प्रकारका असन्तुष्टि छन । एउटा अनावश्यक भ्म फिजाएर,आर्को राजनीतिक वैचारिक आग्रहजस्ता कुराले गरिने विरोध ,अर्को सरकार र जनप्रतिनिधिहरुले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकेका कारण पनि असन्तुष्टि बढेको छ । जनताले परिर्वतनको अनुभुति पाउने गरि काम गर्ने हो भने जनताको असन्तुष्टिलाई कम गर्ने सकिन्छ ।

राजनीतिक दलहरुको बिषयमा के बुझाई छ ?

लामो सघर्ष बलिदान गरेर दलिय व्यवस्था ल्याएको हो । यो कसैले दया गरेर किस्तीमा हामीलाई दिएको होइन । बहुदलीय व्यवस्थालाई सुदृढ गर्ने दायित्व र जिम्मेवारी राजनीतिक दलकै हो । कमरेड प्रचण्डले मधु कैटवले कमलको फुल हल्लाइ जस्तो हाम्रो पार्टी हल्याउनु भयो । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमहरु बाहिरिनु भयो । 

अहिले नेपाली कांग्रेसलाई हल्लाई रहनु भएको छ । १६५ र ३३० सिटमा उम्ेमदवारी दिन सक्ने नेपाली कांग्रेस ५० प्रतिशत सिट भन्दा तल खुम्चिन पुगेको छ । पुरानो लोकतान्त्रिक पार्टी हो । नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्ताहरु १० बर्ष जनयुद्धमा सगसगै  काटिएका छौ । मारिएका छौ । घरवाविहिन भएका छौ । लखटिएका छौ ।  कांग्रेस प्रजातन्त्र र लोकतन्त्रको पक्षमा लडेको पुरानो पार्टी हो पुरानो इतिहास, छवि  र लोकतन्त्रको मर्मलाई बचाउन  पनि  कांग्रेसका नेता कार्यकर्ताहरु गठबन्धनको विपक्षमा उभिनु पर्छ  ।

(सूर्य ढकाल बाँके प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेदवार हुन् )


प्रकाशित मिति: मंगलबार, २५ असोज, २०७९, २३:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९