डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । सोमबार सर्वोच्चले यसअघिको आदेशलाई निरन्तरता दिँदै उनको उम्मेदवारी कायम राख्ने आदेश दिएको हो ।
ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले निवेदन दिएको थियो । उक्त निवेदनमाथि सुनुवाई गर्दै सर्वोंच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।
नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्य कार्कीले आफूले बैठक भत्ता बुझ्ने गरेको भन्दै आयोगमा त्यसबारे छानबिन गर्न निवेदन दिएकी थिइन् । तर आयोगले उक्त निवेदनको वास्ता नगरी आफ्नो उम्मेवारी खारेज गरेको आरोप लगाएकी छिन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९