संघ तथा प्रदेशको चुनाव आउन अब केही दिन मात्र बाँकी छ । यस्तो अवस्थामा निर्वाचनका लागि उम्मेदवारहरु आफ्नो पक्षमा मत पार्न लागि परेका छन् । दलहरुकोबीचमा स्वतन्त्र उम्मेदवारलाई असहज हुने अवस्थामा झापा ४ मा भने माहौल फरक छ ।
झापा चारमा क्रस खुकुरी चिन्ह लिएर खुस्बु ओली चुनावी मैदानमा छ । झापामा सत्ता गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन छ । दुई ठूलो गठबन्धन भएको अवस्थामा आफ्नो पक्षमा माहौल बनेको स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले बताइन् । ‘झापा ४ मा स्वतन्त्रले जित्ने माहोल बनेको छ । दलहरुले हालसम्म गरेको कार्यले मतदाताहरु आजित भएका छन् । त्यसैले अहिले उहाँहरुले मलाई जिताउने प्रण गर्नु भएको छ,’ ओलीले भनिन् ।
यसअघि २०७४ सालमा भएको चुनावमा झापा ४ बाट एमालेका लाल प्रसाद साँवा लिम्बुले ४३ हजार ५१५ मत ल्याएर चुनाव जितेका थिए । उक्त चुनावमा नेपाली काँग्रेसका देउकुमार थेवे २६ हजार ८२२ मत ल्याएर दोस्रो भएका थिए । अहिले झापा चारमा दुई गठबन्धन छन् । त्यसमा गठबन्धनका लागि मुख्य चुनौती भनेको नै स्वतन्त्र उम्मेदवार बनेको छ । सतन्त्रलाई नै भोट हालेर जिताउने माहौल त्यहाँका जनताहरुले बनाएको ओलीले बताईन् ।
‘अहिले घर दैलो अभियानमा यहाँका जनताहरुले दिएको मायाले चुनावी नतिजा मेरो पक्षमा पर्छ भन्ने कुरामा दुई मत छैन् । यसअघि जितेका व्यक्तिहरुले पनि त्यहाँको समस्या समधान गर्न नसक्दा जनताहरुले मलाई नै मुख्य बिकल्पका रुपमा हेरेका छन्,’ ओलीले भनिन् । झापा ४ मा झापा गाउँपालीका, कनकाई नगरपालीका, शिव सतासी नगरपालीका र गौरिगञ्जको एक र दुई नम्बर वडा मुख्य क्षेत्र हुन् । यस क्षेत्रमा विषेश गरेर मुस्लिम बस्तिहरु धेरै छन् ।
ओली पनि यसै क्षत्रको भएकाले त्यहाँको समस्य चिरफार गर्दै समधान गर्न आफूलाई सहज हुने उनले बताइन् । सबै मतदाताको समस्या जानेर घुलमिल गरेको हुनाले पनि आफूलाई समर्थन हुने उनको बुझाइ छ । ‘म यहाँको सबै समस्या प्रति चिनजान छु । त्यसैले यहाँका मतदाताहरुले मलाई विश्वास गर्नु हुन्छ । उहाँहरुको समस्या समधानका गर्ने मेरो अठोट पनि बुझ्नु भएको छ । त्यसैले मलाई हसज छ । जित निश्चित छ,’ ओलीले भनिन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९