बाबु पुस्तालाई हराउँदै मुस्ताङ कांग्रेसका २८ वर्षीय योगेश बने सांसद

बाबु पुस्तालाई हराउँदै मुस्ताङ कांग्रेसका २८ वर्षीय योगेश बने सांसद


बाबु पुस्तालाई हराउँदै मुस्ताङ कांग्रेसका २८ वर्षीय योगेश बने सांसद

बाबु पुस्ताका एमालका प्रतिस्पर्धाीलाई पछि पार्दै मनाङका योगेश गौचन थकाली सांसद बनेका छन् । केहीबेर अघि सम्पन्न मतगणनामा उनले नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । कांग्रेसका थकालीले तीन हजार ९९२ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका तुलाचनले तीन हजार ७८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका प्रविणकुमार शेरचनले १३ मत पाएका छन् । सत्ता गठबन्धनले गरेको एक चुनावी आंकलनमा मुस्ताङका कांग्रेस उम्मेदवार योगेश गौचन थकाली एलो जोन (कम सुरक्षित) मा समेत थिएनन् ।

आम निर्वाचन–२०७९ मा नेपाली कांग्रेसका सबैभन्दा कान्छा २८ वर्षका योगेशले नेपाली कांग्रेसलाई पहिलो जित मात्र दिलाएका छैनन्, आफ्ना बाबुले २०७४ को निर्वाचनमा बेहोर्नु परेको पराजयको बदला समेत लिएका छन् ।

उनका बाबु रोमी गौचन थकालीलाई २०७४ को निर्वाचनमा एमाले उम्मेदवार प्रेमप्रकाश तुलाचनले पराजित गरेका थिए। एमालेका तुलाचन ३ हजार ५ सय ४४ मतसहित विजयी हुँदा रोमीले ३ हजार २ सय ८१ मत मात्र प्राप्त गरेका थिए ।

वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार बनेका तुलाचनलाई रोमीले २०७० को आम निर्वाचनमा २२ मतले मात्र पराजित गर्न सकेका थिए । विजयी रोमीले १ हजार ४ सय २४ मत ल्याउँदा पराजित स्वतन्त्र उम्मेदवार रहेका प्रेमप्रकाश तुलाचनले १ हजार ४ सय २ मत प्राप्त गरेका थिए ।

२०७० मा स्वतन्त्र उम्मेदवारका रुपमा कांग्रेसका रोमीलाई कडा चुनौती दिएका तुलाचनलाई एमालेले २०७४ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनाएको थियो । २०७० को निर्वाचनमा प्राप्त गरेको प्रतिस्पर्धी मत र वाम गठबन्धनका कारण २०७४ मा तुलाचनलाई विजय हासिल गर्न सहज भएको थियो ।

झिनो मतअन्तरले विजयी भएका रोमी २०७३ मा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । २०५६ को निर्वाचनमा मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित रोमी २०५७ मा परराष्ट्र सहायकमन्त्री समेत भएका थिए ।

प्रतिनिधि सभाको निर्वाचनमा कहिले जित र कहिले हार बेहोर्दै आएका रोमीलाई यसपटक नेपाली कांग्रेसले समानुपातिक सूचीमा राखेको थियो । तर, आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर उनले छोरा योगेशलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका थिए । यसरी उम्मेदवार बनाइएका छोराले आम निर्वाचन–२०७९ मा नेपाली कांग्रेसलाई पहिलो जित दिलाए ।


प्रकाशित मिति: सोमबार, ५ मंसिर, २०७९, १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९