काठमाडौं-१० (१) बाट कांग्रेसका पुकार महर्जन पुनः निर्वाचित

काठमाडौं-१० (१) बाट कांग्रेसका पुकार महर्जन पुनः निर्वाचित


काठमाडौं-१० (१) बाट कांग्रेसका पुकार महर्जन पुनः निर्वाचित

काठमाडौं-१० (१) बाट वाग्मती प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका पुकार महर्जन पुनः निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् । 

निर्वाचन आयोगका अनुसार महर्जनले १० हजार ८२ मत ल्याएका छन् भने सापकोटाले ७ हजार ४०० मत ल्याएका छन् । यहाँ नेकपा एमालेका शिव भक्ति बलामीले ७ हजार ३०९, नेकपा माओवादी केन्द्रका (एकल चुनाव चिन्ह)ले ३ हजार ६०० र नेपाल मजदुर किसान पार्टीका हरि कुमार महर्जनले २ हजार १७८ मत ल्याएका छन् ।०७४ मा पनि यो क्षेत्रबाट महर्जन नै निर्वाचित थिए ।

स्कुल जीवनदेखि नै ने.वि.संघको राजनीतिमा प्रवेश गरेका पुकार महर्जनले २०४७ सलामा विष्णुदेवी गाउँ इकाईको सभापति, २०५४ देखि २०५८ सालसम्म की.न.पा.१० इकाई समिति सभापति, २०५९ सालमा नेपाली कांग्रेस क्षेत्र नं.१० को उपसभापति, २०६४ सालमा क्षेत्रिय सचिव, २०६८ सालमा महाधिवेशन प्रतिनिधि र २०७२ सालको १३ औं महाधिवेशनबाट १० नं. क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दै आइरहेएका छन् ।


प्रकाशित मिति: मंगलबार, ६ मंसिर, २०७९, २२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९