स्ववियु निर्वाचन र विद्यार्थी आन्दोलन

स्ववियु निर्वाचन र विद्यार्थी आन्दोलन


 स्ववियु निर्वाचन र विद्यार्थी आन्दोलन


मुना तिवारी

सर्वप्रथम बिद्यार्थी भन्ने बित्तिकै हातमा कपिकलम र किताब बोकेका निलो पाइन्ट, फरक र आकाशे रङ्गको सर्ट लगाएका पंतिmकार भएर उभिएका वा बसेका सानो उमेर समुहका व्याक्तिहरू भन्ने हाम्रो मानस पटलमा आउँछ । उपयुक्त वातावरण र अवसर पाएका ति कलिला ििवद्यार्थी भविष्यमा राष्ट्रका कर्णधार हुन्छन् ।  

पहिला पहिला हाम्रो समाजमा स्कुल गएर पढ्न पाउने र स्कुल गएर पढ्न नपाउने दुई किसिमका विद्यार्थी हुन्थे जुन हाम्रो हजुरबुबा पुस्ता थियो । सामान्यता अक्षर चिनेका लेखपढ गर्नसक्ने बुबाआमा पुस्ता हुनुहुन्छ भने  आज नातिपुस्ता भनौ वा ५० वर्ष हाराहारी पछाडिको पुस्तामा आईपुग्दा प्रविधिसंग जोडिएर ल्याप्टप, कम्प्युटर र ईन्टरनेटको दुनियाँमा जोडिएर पढ्ने बिद्यार्थीको अवस्थामा आईपुगेका छाँ ।

जुन एड्भान्स टेक्नोलोजीमा पढ्न सक्ने विद्यार्र्थीको सानो समूह छ भने माथि उल्लेख गरेजस्तो कपी कलम र किताबमात्रबाट ज्ञान लिने विद्यार्थीको संख्या असाध्यै ठूलो रहेको छ । अझ भनौ अभिभावक विहिन सडक बालबालिका, आर्थिक विपन्नताको कारण सरकारी विद्यालय पनि आउन र पढ्नबाट वञ्चित हुनेको समूह पनि हाम्रो समाजमा अझै पनि प्रशस्त भेटिने गरेको छ ।
 अतः पढेर वा परेर, सिकेर वा गरेर, औपचारिक वा अनौपचारिक, व्यावहारिक वा सौद्धान्तिक सबै किसिमले ज्ञान आर्जन गर्ने व्यक्ति विद्यार्थी हुन् । जुन आजका विद्यार्थी भोलिका परिवर्तनका पहरेदार हुन् भन्ने कुरामा हामी जानकार नै छौ । 

हाम्रो देश नेपालमा पनि भएका धेरै परिवर्तनमा सबैभन्दा महत्वपूर्ण भूमिका विद्यार्थीको नै रहेको छ । समाजका कुरीति कुसंस्कार हटाउनदेखि वर्गिय जातिय सामाजिक विभेद हटाउँदै गरिव निमुखाहरूको अधिकार स्थापित गराउने कुरामा विद्यार्थी आन्दोलन हुने गरेका इतिहास छन् ।

अधिकार स्थापित गराउन एक्लैले सम्भव नभएर एकता नै बल हो भन्ने कुरालाई आत्मसाथ गर्दै संगठित भएर विद्यार्थी संगठनको निर्माण भएको हो । 

विद्यार्थी संगठन समाज रूपान्तरणको पहरेदार हाम्रो नेपाली समाजमा सबैभन्दा पहिलो स्थापित एक शसक्त संगठन हो । संगठित रूपमा २००६ सालदेखि शुरूवात भएको नेपाली विद्यार्थी आन्दोलन  २०२२ साल जेष्ठ १ गतेलाई विधिवद् स्थापना दिवसको रूपमा मनाइन्छ । 

जसको निरन्तरता आज पनि हामी गर्दै आएका छौ । खास गरी नेपालका राणाशासन र पञ्चायत शासनको वेलादेखि आजसम्म विद्यार्र्थीको हक अधिकारका मुद्दालाई स्थापित गराउनदेखि राष्ट्रियता , लोकतन्त्र र जनजिविकाका मुद्दासम्म लिएर तत्काल समाजमा देखिएका आवाज बुलन्द बनाएर निरन्तर खबरदारी गरिनै रहेका छौ ।

वि.स. २०२८ सालदेखि झापामा भएको किसान विद्रोह २०३८ सालको महंगी विरोधी आन्दोलन, २०४० सालको पिस्करमा भएको गोलीकाण्डका विरूद्वको प्रर्दशन, २०४१ सालमा शिक्षक संर्घषमा सहभागी, २०४५ सालको भूकम्पमा पिडितलाई राहत उपलब्ध गराउने कार्यमा तदारूता , २०५० सालको मदन–जिवराजको रहस्यमय हत्याको छानविन गराउन गरेको आन्दोलन, २०५८ सालको र २०६१ मा जारी शाही घोषणा र राजतन्त्र विरूद्वको निर्णायक संर्घष २०६२÷०६३ को जनआन्दोलनको अग्रमोर्चामा विद्यार्थी रहेका थिए । 

त्यसैगरी राष्ट्र र अन्तर्राष्ट्रिय असमान सन्धिसम्झौताको विरूद्वमा आवाज उठाउने सडक आन्दोलन गर्ने, समाजमा घटेका विभिन्न किसिमका घटनामा अन्यायमा परेका आवाजविहिनहरूको आवाज बन्ने , महङगी नियन्त्रण, भ्रष्टाचारनियन्त्रण, पेट्रोलियम पदार्थको मूल्यवृद्वि स्कुल कलेजहरूले मनोमानी ढंगले बढाइएका शुल्कको विषयमा सडक आन्दोलन गर्दै आएको छ ।

त्यस्तै आवश्यक ठाउँमा पाटी, पौवा, पुलपुलेसा,चौतारो,पुस्तकालय, वाचनालय  निर्माण गर्ने, विपत्तिका वेला सहयोग गर्ने, स्वास्थ्यशिविर, साक्षरता शिविर संचालन गर्ने विद्यार्र्थीहरूमा हाजिरिजवाफ, वादविवाद, कथा, कविता, निबन्ध लेखन प्रतियोगिता राखेर बौद्धिक विकास र भलिवल वास्केटवल रिले दौड जस्ता खेलकुद प्रतियोगिताले शारिरिक विकासको उद्देश्य राखेर कार्यक्रम गर्ने नवमण्डले, गुण्डागर्दी, नाकावन्दीका विरूद्धमा उठाइएका आवाज र आन्दोलन सफल भएका  कार्यक्रम र घटनाले  विद्यार्थी आन्दोलन, राष्ट्र, जनता, आमजनसमुदाय र न्यायप्रेमी विद्यार्थीहरू प्रति समर्पित रहदै आएको छ ।

हिजोआज विद्यार्थी आन्दोलनमा केही विकृति देखिन थालेको छ । विद्यार्थीका विषयमा आवाज न्यून उठ्न थालेको छ । योग्यता र क्षमता भएका विद्यार्थीभन्दा पावर र शक्तिका वरिपरिका विद्यार्थीको मूल्यांकन हुने गरेका छन् । समयमा पर्याप्त पुस्तक पु¥याउन नसक्ने पुरानो रोगको अझै समाधान हुन सकेको छैन ।

नियमित समयमा हुनुपर्ने परीक्षा र नतिजा प्रकाशनमा गम्भीर लापरवाही सरकारी निकायबाट गरिएको छ । जुन विषयवस्तुका बारेमा विद्यार्थी संगठनहरू पनि वेखबर बन्ने गरेका छन्, चुक्क आवाज उठाएका छैनन । 

विद्यार्थी संगठन राजनीतिक दलहरूको दासको रूपमा काम गर्न थालेका छन । संगठनका राम्रो कामको मूल्यांकनमा कमि आउनु सांगठनिक क्रियाकलापभन्दा पनि गुटगत राजनीतिलाई प्रत्सय दिने, राजनीतिमा आउँदै गरेका महिला नेतृहरूमाथि गलत तरिकाले चारित्रिक औला उठाउने, मानसिक तनाव सृजना गर्ने, अमुख नेताको निर्देशन मान्ने तर समाजमा आवश्यक कुराको वास्ता नगर्ने, विद्यार्र्थीका मुद्दालाई कम प्राथमिकता दिने, सांगठनिक स्वार्थभन्दा व्यक्तिगत स्वार्थठूला र धेरै हुने, कार्यकर्ताले नेता छान्ने भन्दा नेताले कार्यकर्ता छान्ने प्रवृति बढ्दै जाने जस्ता समस्या देखिन थालेका छन् ।

वि.स.२०२२ साल जेष्ठ १ गतेलाई विद्यार्थी दिवस अर्थात स्ववियु स्थापना गर्न सफल भएको दिनलाई लिईन्छ । हो त्यही दिनदेखि निरन्तर रूपमा विद्यार्थीका हक हितलाई प्रमुख प्राथमिकतामा राखेर समाजमा घटेका अप्रिय घटनाहरूको विरोध गर्नेे र राम्रा मुद्दालाई स्थापित गर्दै सभ्य समाजको निर्माणमा पहरेदार भूमिका निभाउने नेपालको विद्यार्थी आन्दोलन हिजो आज खस्कँदो स्थितिमा रहेको छ ।

जसको प्रमुख कारण लामो समयदेखि रोकेर राखेको स्ववियु निर्वाचन हो । विगत १४ वर्षदेखि हरेक क्याम्पस हरूमा स्ववियु नियमित हुन सकेको छैन ।  २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ बर्षमा २०७३ चैत १५ गते भएको थियो ।

त्यतिवेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पस सहित उपत्यकामा ९ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसकेको थिएन । 

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

हरेक साल स्ववियु हुन्छ जस्तो एक दुईओटा समाचार ल्याउने कलेजमा संगठनहरूले आफ्नो पक्षमा माहोल बनाई राख्न निर्देशन दिने र अन्त्यमा निर्वाचन नहुने जसले गर्दा नियमित पढ्दै गरेको बिद्यार्थीलाई स्ववियुमा आकर्षित गर्ने कुरा सुन्ने र सुनाउने पढाईमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रतिकुल बाताबरण सृजना गर्ने र स्ववियु निर्वाचन नगर्ने कारणले उमेर समय र पैसा वर्वाद गरेका सयौ व्यक्ति अहिले हाम्रो समाजमा छन् ।

यसपालि पनि त्रिवि स्ववियु गराउँछु भनेर समाचार सार्वजनिक भएको छ । जसले गर्दा क्याम्पस कलेजमा अध्ययनरत विद्यार्थीहरू उत्साहित भएका छन् । अन्य विश्वविद्यालयहरूले पनि स्ववियु गराउन पर्ने आवाज विद्यार्थीहरूले उठाउन थालेका छन् ।

विद्यार्थी संगठनको नाममा अराजक समूहले क्याम्पसमा विद्यार्थी साझा समस्यालाई अल्झाएर विचौलिया वन्ने गरेकाले समग्र मेहनति, लगनशिल, ईमान्दार विद्यार्थी अराजकहरूप्रति आक्रोशित पाईन्छ ।

अझ क्याम्पस प्रशासनमाथि गरेका ज्याजतिबाट पिडित क्याम्पसप्रशासनहरू पनि स्ववियु हुने कुराले औधी खुसी छन् । यी विभित कारणले गर्दा स्ववियु अनिवार्य र अपरिहार्य बनेको छ । 
हामीले हाम्रो हिजोको समाजबाट आजको समाजमा धेरै परिवर्तन पाएका छौ ।  हिजोको आवश्यकता र आजको आवश्यकतामा परिवर्तन महसुस गर्न सक्ने भएका छौ ।  त्यसकारण विद्यार्थी संगठनले प्राप्त उपलब्धिलाई सस्थागत गर्दै आन्दोलनलाई नया तरिकाले अगाडि बढाउनु पर्ने टड्कारो आवश्यक देखिन्छ ।

स्ववियु निर्वाचन गर्न मैले देखेका निम्न कुरालाई कार्यन्वयन गर्न सके तोकिएको समयमा निर्वाचन सम्पन्न हुन्छ । 

१.हरेक क्याम्पसहरूमा देखिएका आ–आफ्नो समस्यालाई समाधानको लागि पहल गर्ने, स्ववियु निर्वाचन नभएकोले हरेक क्याम्पसहरूमा विद्यार्र्थीहरूको भेषधारण गरेर प्रशासनसंग मिलेर वा डर देखाएर जस्तो पनि काम गर्न सक्षम हुलहुज्जत समूह बढ्दै जानाले आम विद्यार्थी प्रति विद्यार्थी संगठनहरूमा नकारात्मकता बढ्दो छ । जसको समाधानको लागि छिटो भन्दा छिटो स्ववियुको निर्वाचनको मिति तोक्नु पर्दछ ।

२.स्कुल कलेजहरूमा सबैविद्यार्थी सहभागी हुने किसिमका रचनात्मक कार्यक्रम सञ्चालनमा जोड दिने ।

३. हाम्रा विश्वविद्यालयहरूमा पुराना पाठ्यक्रम र विषयवस्तु पढाइन्छ त्यसलाई परिवर्तन गरि समयानुकुलका विषय वस्तु समावेश गराउने  । 

४. प्राविधिक शिक्षा, रोजगारी सृजना हुने सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्न माग गर्ने, आन्दोलनका कार्यक्रम तयार गर्ने र प्रभावकारी कार्यनयन गर्ने सहयोग गर्ने । 

५.ठूला संगठनहरूमा देखिएको जामलाई सम्बन्धित  पार्टीले संवेदनशिल बनेर हिजो पार्टीको आन्दोलन र एजेण्डालाई सफल पार्न विद्यार्थी संगठनमा रहेर काम गरेका व्यक्तिहरूलाई सम्मान गर्दै पार्टीको जिम्मेवारी दिएर  नेतृत्व हस्तान्तरण गर्ने र पुस्तान्त्रण गर्ने । 

६. शिक्षित तथा अशिक्षित युवालाई देशमै बस्ने वातावरण सृजना हुने किसिमको योजना ल्याउन पहल गर्ने प्रभावकारी कार्यनयनको लागि आवस्यक सहयोग गर्न सरकारलाई दबाव दिने ।
७. पूर्ण लोकतान्त्रिक पद्वति मार्फत नेतृत्व प्रदान गर्ने । 

(लेखक अनेरास्ववियुको केन्द्रीय सदस्य हुन् )


प्रकाशित मिति: बुधबार, २८ मंसिर, २०७९, ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९