आफ्ना समकालिनलाई उछिन्दै स्वास्थ्यमन्त्री बनेका गिरी

आफ्ना समकालिनलाई उछिन्दै स्वास्थ्यमन्त्री बनेका गिरी


 आफ्ना समकालिनलाई उछिन्दै  स्वास्थ्यमन्त्री बनेका गिरी

 

शरद् शर्मा
काठमाडौँ । आफ्ना समकालिन उछिन्दै छिटो समयमा नै पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित हुनु भएका पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी पाएका छन् । 

विद्यार्थी राजनीतिकमा आफ्ना समकालिनहरुलाई उछिन्दै उनी स्वास्थ्य मन्त्री  नियुक्ती भएका हुन् ।

राजनीतिकमा लागेका आफ्ना समकालिनलाई पछि पार्दैे मन्त्री जस्तो गरिमामय पदमा उनी पहिलो  पटक  पुगेको मन्त्रीका समकालिन अखिलका पूर्व नेता रश्मी आचार्यले बताउँछन् । त्यसो त उनी दुई पटक प्रतिनिधि सभामा निर्वाचित पनि भइसकेका छन् ।
 
। “आफ्ना समकालिनमध्ये उहाँको राजनीतिक करिअर सवभन्दा माथि रहेको छ,” उनले भने,  “उहाँ नयाँ पूस्ताका नेताको रुपमा चिनिनु भएको छ ।”

एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव समेत रहेका  आचार्य अनुसार पार्टी, विद्यार्थी राजनीतिकमा उनी छोटो समयमा नै आफ्ना समकालिन भन्दा माथिल्लो पदमा पुगेका छन् । 
मन्त्री गिरी पार्टी राजीतिक गरेको छोटो समयमा नै मन्त्री पदमा पुगेका हुन् ।

आमा सिता गिरी र बुवा बेलगिरीको कोखबाट पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा जन्मिनु भएका मन्त्री गिरीको औपचारिक शिक्षा काफल चौर माध्यामिक विद्यालय दुर्लुङमा भएको थियो । 

दुई पटक प्रतिनिधि सभाका सदस्यका निर्वाचित हुनु भएका उनी यसपटक भने पार्टीले स्वास्थ्य मन्त्री जिम्मेवारी दिइएको छ ।

उनी २०७४ सालमा भएको आम निर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधि सभाबाट निर्वाचित भएका थिए ।

यस्तै भर्खरै सन्पन्न भउको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो पटक निर्वाचित भएका हुन् ।

पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहमा उत्र्तिण गर्नु भएका उनी सोही क्याम्पसमा २०६२ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति निर्वाचित भए । त्यसअघि उनी स्ववियु सदस्यमा निर्वाचित भएका थिए । 

२०४६ सालमा अनेरास्ववियु पाँचौको संगठित सदस्य लिएर उनले राजनीतिक जिवन शुरु गरेका उनी काफल चौर मावि दुर्लुङमा २०४८ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटिको सचिव हुँदै प्रारम्भिक कमिटिको अध्यक्ष भएका थिए ।

२०५० मा पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु पर्वत पोखरा सम्पर्क कमिटिको अध्यक्ष हुँदै २०५५ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटिको सचिव २०५७ मा क्याम्पसको प्रारम्भिक कमिटिको अध्यक्ष भएका थिए ।

उनी क्याम्पसमा २०५५ सालमा स्ववियु सदस्य, २०५७ सालमा स्ववियु उपसभापति र पुनः २०५९ सालमा भएको स्ववियु निर्वाचनमा उपसभापति निर्वाचित भए । 

२०५९ माघ १९ को शाही ‘कु’को विरुद्धमा पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गदै भएको विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

विरोध प्रर्दशनकै क्रममा विस २०५९ साल माघ २० गते तत्कालीन शाही सेनाको नियन्त्रणमा लिइएको थियो । गणतन्त्रको पक्षमा लड्दा उनी पटक पटक प्रहरी हिरासतमा परे ।

अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवालयमा निर्वाचित निर्वाचित हुनु भएका मन्त्री गिरी २० औ राष्ट्रिय सम्मेलनमा भने उपाध्यक्ष पदमा पराजित भए । 

अखिलको उपाध्यक्ष पदमा पराजित भएपछि उनी जिल्लामा गई पार्टी राजनीतिमा सक्रिय भएका थिए । 

उनी नेकपा एमाले पर्वतको सातौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य पद र युवा फाँट प्रमुखको जिम्मेवारी पाए ।

 

जिल्ला कमिटी सदस्यबाट एकै पटक उनी एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भए । 
मन्त्री गिरीमा दुई पटक पार्टीको जिल्ला अध्यक्ष भई काम गरिसकेको अनुभव समेत रहेको छ । 

यस्तै २०७५ सालमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पनि पर्वत जिल्ला अध्यक्ष उनी निर्वाचित भए ।

२०७८ साल चितवनमा भएको एमाले दशौं महाधिवेशनबाट उनले पार्टीको केन्द्रिय सदस्य तथा पर्वत जिल्ला सह–इन्चार्ज जिम्मेवारी पाए ।

स्वास्थ्यमन्त्रीको  माघ ३ गते पदभार समाल्नु भएका गिरीले सवैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सवै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागु गरिने पहिलो निर्णय गरि स्वास्थ्य क्षेत्रमा सुधारमा लागेका छन् । 

 


प्रकाशित मिति: आइतबार, ८ माघ, २०७९, १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९