भारतमा कांग्रेस नेता डा. भण्डारीको शल्यक्रिया सफल

भारतमा कांग्रेस नेता डा. भण्डारीको शल्यक्रिया सफल


भारतमा कांग्रेस नेता डा. भण्डारीको शल्यक्रिया सफल

काठमाडौं  बुधबार राति खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भएपछि घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको शुक्रबार पहिलो अप्रेसन भएको छ। 

काठमाडौंमा उपचार हुन नसकेपछि भण्डारीलाई बिहीबार भारतको मुम्बई लगिएको थियो।  भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा बिहीबार साँझदेखि उपचाररत भण्डारीको शुक्रबार दुवै खुट्टाको अप्रेसन गरिएको छ। भण्डारीको अनुहार, हात र खुट्टामा जलन भएको थियो।

शुक्रबार नै भण्डारीको दुईवटा अप्रेसन गर्ने चिकित्सकहरुले जनाएका थिए। तर, पहिलो अप्रेसन सफल भएको दाबी गर्दै चिकित्सकहरुले दोस्रो अप्रेसन शुक्रबारै या शनिबार गर्ने भन्ने बारेमा छलफल गरिरहेका छन्।

नेशनल बर्न्स सेन्टरका चिकित्सक डा सुनिल केसवानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्श तथा निगरानीमा नेता भण्डारीको उपचार भइरहेको मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन्।

कँडेलले चिकित्सहरुले पहिलो अप्रेसन सफल भइसकेको जानकारी दिएको बताएका छन्। पछिल्लो रिपोर्टअनुसार भण्डारीको पारामिटर सामान्य छ। 


प्रकाशित मिति: शुक्रबार, ५ फागुन, २०७९, १७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९