नेता भण्डारीको स्वास्थ्यमा सुधार, अनुहार र हातमा नयाँ छाला पलाउँदै

नेता भण्डारीको स्वास्थ्यमा सुधार, अनुहार र हातमा नयाँ छाला पलाउँदै


नेता भण्डारीको स्वास्थ्यमा सुधार, अनुहार र हातमा नयाँ छाला पलाउँदै

काठमाडौँ, । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । मुम्बईको नेसनल बर्न सेन्टरमा  उपचाररत रहेका उनको स्वास्थ्यमा सुधार हुँदै गएका उनका सहयोगी योगराज कंडेलले जानकारी दिए । 

उनले  सेन्टरका प्रमुख डा. सुनिल केशवानीले कांग्रेस नेता भण्डारीको  छिटो छिटो सन्चो भइरहेकोले चिन्ता लिन नपर्ने बताएका छन् । 

चिकित्सकका अनुसार नेता भण्डारीलाई अवको  चार दिन पछि आईविसियू (इन्टेन्सिभ बर्न केयर युनिट) वाट बाहिर निकालिने छ । 

कंडेल अनुसार सेन्टरका प्रमुख डा. केशवानीले स्वास्थ्यमा सुधार हुँदै गएपछि  भोलिबाट मुखमा लगाइएको अक्सिजन हटाइने छ । 
 

सहयोगी कंडेलका अनुसार ईटी ट्युवमा अव राख्न नपर्ने भएको छ ।

यस्तै नेता भण्डारीको भोलिसम्म मात्र रिजरभायर व्याग मास्कमा राखिने र आज राती ५ लिटर अक्सिजनमा मात्र रिजरभायर व्याग मास्कमा राखिने छ । 

यस्तै इन्फेक्सनको मात्रा  पनि कम हुँदै गएको छ । 

उनका अनुसार अनुहारमा नयाँ छाला पलाएको तर हातहरुमा  पनि छाला अलिमात्र पलाउन थालेको छ । “ एक हप्ता अझै हेर्ने अनि मात्र आवश्यकता भएमा हातको ग्राफ्टिङ्ग गर्ने चिकित्सककोले भनेको छन” उनले भने । 


प्रकाशित मिति: मंगलबार, ९ फागुन, २०७९, १८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९