सांसद भण्डारीको स्वास्थ्यमा सुधार, मुखबाट खाना खुवाउन थालियो

सांसद भण्डारीको स्वास्थ्यमा सुधार, मुखबाट खाना खुवाउन थालियो


सांसद भण्डारीको स्वास्थ्यमा सुधार, मुखबाट खाना खुवाउन थालियो

काठमाडौं– खाना पकाउने (एलपी) ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको अवस्था सुधार भएको छ।

उपचारका लागि भारतको मुम्बई लगिएका नेता भण्डारीसँगै रहेका कांग्रेस नेता योग राज कँडेलका अनुसार भण्डारी पछिल्लो दोहोरो कुराकानी पनि गर्न थालेका छन्। 

कँडेलका अनुसार भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु भएको छ। भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिएको छ।

‘दोहोरो संवाद गरिरहनु भएको छ।सवैकुराको जानकारी आफैलिई रहनु भएको छ। खाना मुखबाट खुवाउन सुरु भएको छ। भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिएको छ।,’ कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हल्का ईन्फेक्सनको उपचार भईरहेको छ तर ज्वरो आएको छैन।उच्च ईन्फेक्सन नहोस भनेर भेटघाट गर्न अस्पतालले दिँदैन। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन। सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्य तर्फ गईरहेको छ।

यही फागुन ३ गते राति आफ्नो निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।

दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

सांसद भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि फागुन ४ मा श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।


प्रकाशित मिति: बुधबार, १० फागुन, २०७९, १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९