नेपाल ल क्याम्पसलाई हामी अन्तराष्ट्रियस्तरको कलेज बनाउँछौं : कैलाश तामाङ, अखिलका सभापति उम्मेदवार

नेपाल ल क्याम्पसलाई हामी अन्तराष्ट्रियस्तरको कलेज बनाउँछौं : कैलाश तामाङ, अखिलका सभापति उम्मेदवार


नेपाल ल क्याम्पसलाई हामी अन्तराष्ट्रियस्तरको कलेज बनाउँछौं : कैलाश तामाङ, अखिलका सभापति उम्मेदवार

कैलाश तामाङ नेपाल ल क्याम्पसमा एलएलएम पहिलो वर्षको विद्यार्थी हुन् । तामानेपालको सबैभन्दा पुरानो २००७ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो क्याम्पस हो ।

अध्ययनसँगै विद्यार्थीहरुको हित रक्षाको पैरवीमा निरन्तर सक्रिय तामाङ नेपाल ल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट सभापतिको उम्मेदवार छन् । नेपाल ल क्याम्पस सुधारको मार्गचित्र बनाएर मैदानमा आएका अध्यक्ष तामाङसँग गरिएको छोटो कुराकानी ।

निर्वाचनको तयारी कस्तो छ ?

–निर्वाचनको तयारी पूरा भएको छ । हामीले गरेका कामका आधारमा हामीले निर्वाचन जित्नेतमा पनि विश्वस्त छौ । नेपाल ल क्याम्पसमा २५ सय विद्यार्थी छन् ।

अहिलेको मतदाता २२ सय ५० छन् । अहिले अनेरास्ववियुसँग बहुमत पुग्ने खालको विद्यार्थी छन् । हामीले सबै फ्याक्ल्टीलाई समेटेर समावेशी समुह बनाएका छौ । सत्ताधारी एउटा सठबन्धन छ । हामी एक्लै छौ । एक्लै भएपनि धेरै क्रियाशील सदस्यता भएको संगठन हो । धेरै काम गरेका छौ । निर्वाचनमा विजयी हुने निश्चित छ । 

सभापतिको उम्मेदवार हुनुहुन्छ, तपाईको टिम कस्तो छ ?

–मेरो समुह पूर्णरुपमा समावेशी छ । सबै विद्यार्थीको आवाज सुन्ने गरी समावेशी समुह बनाएका छौ । सबै क्षेत्र,वर्ग र क्षेत्रमा विद्यार्थी हाम्रो समुहमा छन् तर अर्को समुहमा त्यस्तो समावेशी समुह छैन ।

उपयुक्त समुह अनेरास्ववियुको समुह हो । म कलेजमा भिजेको मान्छे हो । संगठन जितेको इतिहास हामीसँग छ । अहिले हाम्रो १० जनाको समूह छ । सबै संकायलाई मिलाएर समावेशी खालको समुह छ । दलित, मधेशी, आदिवासी जनजाति महिलासहितको सबैको समावेशी समुह छ । तर अरु समुहमा समावेशी समुह छैन ।  

तपाई र तपाईको समूहलाई विद्यार्थीले भोट किन दिने ?

– नेपाल ल क्याम्पसमै लामोसमयदेखि भिजेको मान्छे हु म । हाम्रो संगगठनको कानुन शिक्षाको सुधारमा धेरै ठूलो योग्दान रहेको छ । ५ वर्षीय कानुन शिक्षाको अवधारणा र अध्ययन सुधार हामीले गरेका हौ ।

  २०६५ सालमा हामीले स्ववियुमा विजयी भएपछि कानुन सुधार अभियानअन्तर्गत ५ वर्षीय कानुन शिक्षासञ्चालनमा आएको हो । जुन नेपालको कानुनको इतिहासमा हामीले ल्याएको अवधारणा हो । राजनीतिक कार्यक्रम भन्दा पनि हामीले एकेडेमिक विकासका लागि काम गछौ । हिजो हामीले विद्यार्थीलाई अध्ययनका लागि कक्षा चलाउँदा आफैले २०३६ सालदेखि अहिलेसम्मको अनेरास्ववियुले १ नम्बर प्रदेशको मुख्य मन्त्रीदेखि भानुभक्त ढकाल मात्र नभएर न्यायाधीशसम्म हुनुभएको छ । 

 एकेडेमिक क्सेलेन्सी नै हाम्रो चुनाव जित्ने आधार हो । अझै अनुसन्धानका केन्द्र र विधागत डिमाटमेन्ट स्थापना गर्ने कार्यक्रम रहेको छ । प्रोफेसर र विद्यार्थी समेत रहने गरीको अवधारण अघि सारेका छौ । अहिले सेमेस्टार प्रणालीको सुधारण गर्ने दोस्रो रहेको छ । परीक्षा, नजिता समयमा निकाल्ने भन्ने कुरा एकेडेमिक क्यालेन्डर नै स्थापना गरेर काम अघि बढाउने एजेण्डा हो । तेस्रो एजेण्टामा तीनै फ्याकल्टिीका विद्यार्थीलाई एक आपसमा घुलमिल गर्ने वातावरण पनि हामी मिलाउने छौ । 

कानुन सुधारमा तपाईहरुको भूमिका कस्तो हुनेछ ? 

–नेपालमा कानुन शिक्षाको सुधारमा यो संगठनको सबैभन्दा ठूलो योगदान रहेको छ । १५औँ पञ्चवर्षीय योजनामा कानुनको विषयलाई विकास गर्नुपर्छ । पूर्वाधारणको विकासमा ध्यान दिनुपर्छ भनेर यही संगठनले अगुवाई गरेर काम गरिएको हो । नेपालको सबैभन्दा पुरानो २००७ सालमा स्थापना भएको पुरानो क्याम्पस हो । कानुन शिक्षाको विकासका लागि अनेरास्ववियुले ठूलो पहल गरेको छ । 

अन्त्यमा विद्यार्थीहरुलाई केही भन्नुहुन्छ ?

–म दुई वर्ष नै यही क्याम्पसमा पढछु । स्ववियुको अवधि पनि दुई वर्षको हुन्छ । त्यो ल क्याम्पसलाई एउटा एकेडेमिक स्थान बनाउने र अन्तराष्ट्रिय विश्वविद्यालयहरुको सम्बन्ध विकास गर्ने रहेको छ ।

अन्तराष्ट्रियस्तरका कलेज र नेपालको कलेजको सीप आदान प्रदान गर्ने काम गर्नेछु । समग्रमा मैले कानुन शिक्षाको शैक्षिक सुधारमा लाग्नेछु । राजनीतिक भन्दा पनि विद्यार्थीको हितमा काम गर्नेछु । अनेरास्ववियुलाई अत्याधिक मत दिएर विजयी गराउनुस । हामीले कानुन शिक्षाको सुधार र विद्यार्थीलाई सहजीकरणमा क्रियाशील भएर काम गर्नेछौ ।     


प्रकाशित मिति: शनिबार, ४ चैत, २०७९, १४:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९