काठमाडौं-।राष्ट्रिय तथ्यांक कार्यलयले राष्ट्रिय जनगणना २०७८ को नतिजा आज प्रकाशन गर्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज सोल्टी होटलमा आयोजना हुने कार्यक्रममा ‘राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा’ सार्वजनिक गर्दैहुनुहुन्छ ।
कार्यलयका अनुसार जातजाती,धर्म र भाषा बाहेकका अधिकांस तथ्यांक आज सार्वजनिक हुनेछन् । जातजाती र धर्मको तथ्यांक विष्लेषण भइरहेकोले सार्वजनिक गर्न केही समय लाग्ने प्रवक्ता नेविनलाल श्रेष्ठले बताउनुभयो ।
२०७८ कातिक २५ देखि मंसिर ९ गते सम्म भएको जनगणनाको प्रारम्भिक नतिजा २०७८ माघमा सार्वजनिक भएको थियो । त्यसबेला नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० थियो । अन्तिम नतिजामा त्यो संख्या केही घटेको बताइएको छ । प्रारम्भिक नतिजा भन्दा अन्तिम नतिजामा मिहिन विष्लेष्ण गरिएकोले यस्तो भएको कार्यलयको भनाइ छ ।
गत मंसिरमा नै नतिजा सावर्जनिक गर्न कार्यलय तयार भएपनि संघीय,प्रदेशको निर्वाचन,त्यसपछि राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनका कारण पछि धकेलिएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९