एकै दिन १७ जनामा देखियो कोरोना

एकै दिन १७ जनामा देखियो कोरोना


एकै दिन १७ जनामा देखियो कोरोना

काठमाडौँ, ।  नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ। लगभग शून्यमा झरेको संक्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ। चैत ७ र चैत ८ गते भने शून्य संक्रमित थिए। चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो। 

सक्रिय संक्रमित पनि बढेको पाइएको छ। आज ३० जना सक्रिय संक्रमित छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए।

'भारतमा संक्रमण बढिरहेको छ। भारतबाट संक्रमित नेपाल आइरहेका छन्,' उनले भने, 'हिजो मात्र सीमानाकाबाट सात जना संक्रमित नेपाल आएका छन्।'

खुला सीमाबाट संक्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको उनले बताए। जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन पनि उनले आग्रह गरे।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।


प्रकाशित मिति: शुक्रबार, १० चैत, २०७९, ०८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९