नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौं  । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ को नतिजा प्रकाशन गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गर्नु भएको हो। आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । गत वर्षको माघमा प्रकाशित जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० थियो । त्यसबेला प्रारम्भिक तथ्यांक प्रकाशन गरिएको र अहिलेको नतिजा अन्तिम भएकोले यो नै आधिकारिक भएको कार्यालयको भनाइ छ।

आज प्रकाशति तथ्यांकअनुसार नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ५७ हजार ४७६ जना बढी छ। महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ छ भने पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ जना रहेको छ । जस अनुसारको महिलाको प्रतिशत ५१.०२ र पुरुषको ४८.९८ रहेको छ । अन्यलिंगीको जनसंख्या ०.०१ प्रतिशत रहेको तथ्यांककार्यालयले प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजामा उल्लेख गरिएको छ।

नेपालको जनसंख्या वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम देखिएको छ। २०६८ सालको जनगणनामा १.३ प्रतिशत रहेको जनसंख्या वृद्धिदर घटेर अहिले ०.९२ प्रतिशत रहेको छ । जसअनुसार सबभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर हो । जहाँको जनसंख्या वृद्धिदर ३.३५ प्रतिशत छ भने सबभन्दा कम वृद्धिदर भएको जिल्ला रामेछाप हो । जहाँको जनसंख्या वृद्धिदर १.६७ रहेको छ।

तत्कालीन केन्द्रीय तथ्यांक विभागले २०७८ कातिक २५ देखि मंसीर ९ गतेसम्म १२औं जनगणना सम्पन्न गरेको थियो । २०७८ साल जेठ २५ देखि असार ९ गतेसम्म जनगणना गर्ने पूर्व निर्धारित कार्यक्रमकोरोनाकाकारण स्थगितभएको थियो।


प्रकाशित मिति: शुक्रबार, १० चैत, २०७९, ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९