२१६ संक्रमित, २०९ निको

२१६ संक्रमित, २०९ निको


२१६ संक्रमित, २०९ निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २१६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार २१३ पीसीआर  र ३ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो। 

२४ घण्टामा ७ हजार ६३१ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ५ हजार ९६२ र एन्टिजेन परीक्षण १ हजार ६६९ भएको छ।
पछिल्लो २४ घण्टामा २०९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २८ हजार ९८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  एन्टिजेन परीक्षणबाट ९६ हजार २४५  जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म ८ लाख १२ हजार ४१९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५९६ पुगेको छ ।


प्रकाशित मिति: आइतबार, १८ पुस, २०७८, १८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९