बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

बैंकर ढकालको ‘जौवा’ सार्वजनिक


बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

नवलपुर, ।  बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का ढकालले मध्य तराईको ग्रामीण परिवेशलाई समेटेर उपन्यास सार्वजनिक गरे । 

नेपाली साहित्यको क्षेत्रमा पहाडबाट तराई बसाइँ सर्नेसहित आदिवासी समुदायको कठा लिएर साहित्यमा प्रवेश गरेका लेखक ढकाल लामो समयदेखि ग्रामीण बैंकिङ क्षेत्रमा कार्यरत हुनुहुन्छ । यस उपन्यासमा छोटा र सरल वाकयहरु रहेका भन्दै लेखक ढकालले पाठकलाई पढ्न र बुझ्न सहज हुने बताए । नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल भएको भन्दै ढकालले जौवाको अर्थ विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे भएको उल्लेख गरे ।  

आञ्चलिकतामा आधारित रहेर लेखिएको उपन्यास भएकाले यस पुस्तक पढ्ने व्यक्तिले मध्य तराईको वस्तुस्थितिबारे बुझ्नसक्ने ढकालको भनाइ छ ।

ग्रामीण परिवेशमा बाल्यकालमा गरिने बाल्यक्रिडा, पौडी खेल्दाको अनुभव, पहिलो पटक टेलिफोन गर्दाको अनुभूतिहरु उपन्यासमा समावेश भएका छन् । उपन्यासको मुख्य कथा विद्यालयमा पढ्दै गरेकी एउटी किशोरीको भए पनि त्यहाँ अन्य परिवेश पनि समावेश भएका छन् । 

समाजमा घट्ने घटनाहरुमध्येको किशोरीलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको र त्यस घटनापछि किशोरी आत्महत्या गर्न विवश भएको कथावस्तुलाई प्रमुखताका साथ जौवामा समेटिएको छ ।

“तराईका विषयवस्तुमा अन्य कृतिहरु पनि लेखिएका छन्” लेखक ढकालले भने “यद्यपि यहाँ पहाडबाट तराईमा बसाइँ सरेर आउने र आदिवासी समुदायसहित सबैको कथावस्तु समेटिएकाले अन्य कृतिहरुको भन्दा जौवामा फरक परिवेश पाइन्छ ।” लेखक ढकालले जौवाभित्र विभिन्न ४८ वटा उपकथाहरु समावेश भएका जानकारी दिए ।  

शिखा बुक्स काठमाडौँले प्रकाशन गरेको जौवा उपन्यासको विमोचन केही दिन अगाडि काठमाडौँमा गरिएको उल्लेख गर्दै लेखक ढकालले चाँडै नै गृह विमोचनको तयारीमा रहेको जानकारी दिए । उपन्यासमा समावेश गरिएका स्थानीय बोलीचालीको भाषाको शब्दार्थसहित राखिएको जौवाको मूल्य रु.५२५ रहेको छ ।

 


प्रकाशित मिति: आइतबार, १२ चैत, २०७९, १८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९