टीकापुर साहित्य महोत्सव हुँदै

टीकापुर साहित्य महोत्सव हुँदै


टीकापुर साहित्य महोत्सव हुँदै

टीकापुर, । कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ ।  यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ ।  

महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रिया गरिएकोे छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले टीकापुरको सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे। “साहित्य महोत्सव टीकापुरको गौरव हुनेछ । टीकापुरले यो महोत्सवबाट अर्को महेशविक्रम जन्माउनेछ”, उनले भने, “महोत्सवले टीकापुर कुनै कुरामा कमी छैन भन्ने सन्देश दिनेछ । यहाँका सम्भावना र राम्रा पक्षको प्रचार गर्नुपर्छ ।”

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले सुदूरपश्चिम प्रदेशका सबै सम्भावनालाई साकार पार्न सबै लाग्नुपर्ने बताए।

उनले नेपाली भाषा र साहित्यको उर्वर भूमि सुदूरपश्चिमको दक्षिणपूर्वी क्षेत्र कर्णाली नदीको किनारमा रहेको टीकापुरमा साहित्य आयोजना लागेको बताए ।

उनले राजा महेन्द्रले आारोग्यता प्राप्त गरेको भूमि टीकापुरमा नेपाली साहित्यकारको ठूलो जमघट हुन लागेको जानकारी दिए । “महोत्सवमा हरेक दिन विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । हरेक सत्रमा सुदूरपश्चिमको कला, साहित्य, सम्भावना, पर्यापर्यटन र वेशभूषाबारे छलफल हुनेछ”, उनले भने“महोत्सवले भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिता र सामाजिक क्षेत्रका विज्ञ तथा सो कार्य क्षेत्रसँग सम्बन्धित एक सय ५० जना वक्ता, सहजकर्ता, कवि गजलकार तथा कलाकारका प्रस्तुति रहनेछन् ।”

साहित्य महोत्सवमा रु ४० लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा रु एक लाखको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कारसमेत प्रदान गरिने भएको छ ।

रु ७५ हजार राशिको टीकापुर साहित्य समाज श्रेष्ठ कवि पुरस्कार, रु ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिमका प्रतिभालाई) प्रदान गरिने र रु २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने छन् । यी पुरस्कार हरेक वर्ष प्रदान गरिने बताइएको छ । 

विद्युत् अनियमित हुँदा सास्ती कैलालीमा विद्युत् अनियमित हुँदा नागरिकलाई समस्या भएको  छ । पछिल्ला दिनमा पटकपटक बत्ती झ्याप्पझ्याप्प जान थालेको छ ।  यसबाट मेसिनरी सामान बिग्रन थालेका छन् भने विद्यार्थीलाई समेत समस्या भएको छ । 

माध्यामिक शिक्षा परीक्षा ९एसइई० को तयारीमा रहेकी टीकापुरकी सीमा खत्री साँझको समयमा जाने बिजुलीका कारण समस्यामा परेको बताइन्   । “परीक्षा नजिकिँदै छ । यो बेला साँझपख विजुली नगए पनि हुन्थ्यो तर विजुली गइरहँदा अध्ययनमा समस्या भएको छ”, उनले भनिन “हरेक दिन साँझ अध्ययन गर्ने समयमा बत्ती हुँदैन । लाइन जाने भएमा विद्युत् कार्यालयले सूचना दिनुपर्छ तर विना सूचना पटक–पटक दिनमा पाँच पटकभन्दा बढी बत्ती जाने गरेको छ ।”

अनियमित बत्तीले घरका मेसिनरी सामानसमेत बिग्रन थालेका छन् । बत्ती अनियमित हुँदा जानकी गाउँपालिकाको मुनुवाकी आशा भुलका घरका बत्ती, पङ्खालगायतका सामान बिग्रिएका छन् । “बत्ती झ्याप्पझ्याप्प जाने आउने हुन्छ, घरका मेसिनरी सामान बिग्रिए, गरिरहेको काम अबरुद्ध हुन्छ”, उहाँले गुनासो गरिन् “साँझको समयमा बढी बत्ती जान्छ ।”

समय समयमा विद्युत् लाइन कट्दा टीकापुरका कृष्णलाल शर्मा पनि दिक्क हुनुहुन्छ । उहाँ साँझ खाना पकाउने, खाना खाने समयमा पटक पटक विद्युत् जाँदा थप समस्या भएको बताउँछिन। “कहिलेकाहीँ दुईदेखि तीन घण्टासम्म बत्ती आउँदैन । एक÷दुई दिन भए पनि गुनासो नगर्नु । विद्युत् अनियमित भएको महिनौँ भइसक्यो ।”

गर्मी याम सुरु भएकाले विद्युत् अनियमित हुँदा झन समस्या भएको नागरिकको गुनासो छ ।

सरस्वती धानुक पनि सबै नागरिकलाई समस्या भइरहेको बताउँछिन । उनी बत्ती काट्दा सूचना दिनुपर्ने भए पनि सूचनाबिना पटक–पटक बत्ती काट्दा निकै समस्या भएको बताउँछिन । “सेवा प्रदायकले सेवा अबरुद्ध हुँदा सूचना दिनुपर्ने हुन्छ । तर विद्युत् कार्यालयले सूचना दिन आवश्यक ठानेको देखिँदैन”,उनी भन्छिन “उपभोक्ताको अधिकारबारे ध्यान दिनुपर्छ । विद्युत् अनियमित हुँदा सबैलाई मर्का परेको छ ।”

विद्युत् प्राधिकरण वितरण केन्द्र शाखा कार्यालय टीकापुरले गर्मी सुरु भएकाले गर्मीको समयमा समस्या नआवस भनी फागुन महिनादेखि सुधारका काम भइरहेका जनाएको छ ।

कार्यालय प्रमुख माधव महत मर्मत अझै एक डेढ महिना चल्ने जनाउँदै मर्मतका क्रममा बत्ती काट्नु, जोड्नु परिरहेको बताउँछन् । “मर्मत भइरहेको क्षेत्रमा केही समय विद्युत् अवरुद्ध हुने गरेको हो । बर्खायाममा विद्युत् आपूर्तिमा समस्या नहोस् भनी मर्मत गर्नुपर्ने ठाउँमा मर्मतको काम भइरहेको छ”, उनले भने “अझै करिब डेढ महिना मर्मतको काम चल्नेछ । यो समयमा बिजुली बन्द गर्नु हाम्रो बाध्यता हो ।”


प्रकाशित मिति: सोमबार, १३ चैत, २०७९, ०७:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९