प्रहरीको एआईजीपीमा चौधरी, गिरी, भण्डारी र तामाङ बढुवा सिफारिस

प्रहरीको एआईजीपीमा चौधरी, गिरी, भण्डारी र तामाङ बढुवा सिफारिस


प्रहरीको एआईजीपीमा चौधरी, गिरी, भण्डारी र तामाङ बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवा सिफारिस भएको छ । ब

ढुवा सिफारिसको सोमबार बसेको बैठकले मीरा चौधरी, सुदीप गिरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको समितिका सदस्यसचिव प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरू सबै वर्तमान महानिरीक्षक कुँवरका ब्याची हुन् । सरकारले चैत १० गते कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको थियो । नेपाल प्रहरीका ८ एआईजी दरबन्दीमध्ये तीनजनाले चैत १० गते मध्यरातबाट अवकाश पाएका थिए ।


प्रकाशित मिति: सोमबार, १३ चैत, २०७९, १२:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९