लाइसेन्स छपाइको समस्या समाधान हुन समय लाग्छ : मन्त्री श्रेष्ठ

लाइसेन्स छपाइको समस्या समाधान हुन समय लाग्छ : मन्त्री श्रेष्ठ


लाइसेन्स छपाइको समस्या समाधान हुन समय लाग्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने राष्ट्रिय संकल्पको एउटा प्रमुख बाहक भएको बताएका छन् ।

आफ्नो कामबारे पत्रकार सम्मेलन गर्दै उनले राष्ट्र निर्माणको अभिभारा पूरा गर्न इमानदारीपूर्वक अगाडि बढ्नु पर्ने बताए ।

उनले भने, ‘सरकारको प्राथमिकतालाई महत्वका साथ लागू गराउन सिंगो मन्त्रालयले आत्मसात गरेको अनुभूति गरेको छु, यसका बाबजुद देखापर्ने कैयौं चुनौतीलाई परास्त गर्न सिंगो मन्त्रालय उत्तिकै कटिबद्ध रहेको विश्वास लिएको छु ।’

उनले यातायात व्यवस्थामा कार्यगत, प्रणालीगत सुधार गर्ने काम थालनी भइसकेको बताउँदै लाइसेन्स छपाइलगायतका परम्परागत समस्या समाधान हुन केही समय लाग्ने बताए ।

मन्त्री श्रेष्ठलाई सरकारको पुनर्गठन हुँदा गृह मन्त्रालयमा सार्ने प्रधानमन्त्रीको तयारी भएसँगै उनले भौतिक मन्त्रालयमा नियुक्त भएपछि आफूले गरेको काम आज सार्वजनिक गरेका हुन् ।


प्रकाशित मिति: सोमबार, १३ चैत, २०७९, १८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९