कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण

कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण


कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण

काठमाडौँ, । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार २६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र  चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । 

सङ्क्रमित बढेसंगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज सक्रिय सङ्क्रमितको सङ्ख्या ६६  पुगेका छन् । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल सङ्क्रमण भित्रिएको बताए ।  “भारतमा सङ्क्रमण बढिरहेको छ । ति सङ्क्रमित खुला सिमानाका कारण  नेपालमा भित्रिदा यहाँ सङ्क्रमण बढेको हो” उनले भने “हामीले सिमा नाकामा कडाई गर्न निर्देशन दिइसकेका छौ ।”

उनका अनुसार अहिलेसवभन्दा बढी सङ्क्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् । 

उनले सवैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गरे । 

भारतको उत्तरप्रदेश सङ्क्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सवैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यका सहित सवै ठाउँमा बुस्टर डोज लगाउने अभियान संचालन समेत भइरहेको छ ।  

 


प्रकाशित मिति: सोमबार, १३ चैत, २०७९, १९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९