ओमिक्रोन भाइरस फैलिन नदिन मन्त्रालय सात बुँदे निर्देशन

ओमिक्रोन भाइरस फैलिन नदिन मन्त्रालय सात बुँदे निर्देशन


ओमिक्रोन भाइरस फैलिन नदिन मन्त्रालय सात बुँदे निर्देशन

काठमाडौँ । कोरोना भाइरसको ओमीक्रोन भेरियन्ट तीव्र फैलिन सक्ने भन्दै फैलिन नदिन स्वास्थ्य सेवा विभागले स्थानीय र प्रदेश सरकारलाई सात बुँदे निर्देशन दिएको छ ।

आइतबार पत्र लेख्दै इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

कोभिड महामारीको जोखिम नयाँ भेरियन्टका कारण उत्तिकै रहेकाले थप सतर्कता अपनाउन र आवश्यक पूर्व तयारी गर्न महाशाखाले भनेको छ ।

महाशाखाले जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्नरगराउन, परीक्षणको दायरा बढाउन, क्वारेन्टिनमा रहेकाको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । पछिल्लो समय ओमीक्रोन भेरियन्ट फैलिन थालेपछि महाशाखाले थप सतर्कता अपनाउन निर्देशन दिएको हो ।


प्रकाशित मिति: आइतबार, १८ पुस, २०७८, १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९