३२६ जनामा सङ्क्रमण, एकै दिन तीन लाखले खोप लगाए

३२६ जनामा सङ्क्रमण, एकै दिन तीन लाखले खोप लगाए


 ३२६ जनामा सङ्क्रमण, एकै दिन तीन लाखले खोप लगाए

काठमाडौँ, । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ३२६ जनामा देखिएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा १२ हजार ४९८ जनाको परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण देखिएको हो ।
अहिलेसम्म पाँच हजार ५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो समय थप २५५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १२ हजार ६७४ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा  सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । 

अहिलेसम्म ११ हजार ५९८ जनाको सङ्क्रमणका कारणले निधन भएको मन्त्रालयले जनाएको छ । 

५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् ।
नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेसनमा चार  हजार ७५३ ,संस्थागत आइसोलेसनमा २५२ आइसियुमा ८९ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ । 

एकै दिन तीन लाखले खोप लगाए

आज अहिलेसम्मकै सवभन्दा बढी जनाले खोप लगाएका छन् । 
मन्त्रालयका अनुसार आज तीन लाख ४४ हजार ४४ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ४३ लाख ६० हजार ६८३ जना र पूर्ण मात्रा एक करोड पाँच लाख ९७ हजार ७९७ जनाले लगाइसकेका छन् । 


प्रकाशित मिति: सोमबार, १९ पुस, २०७८, १९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९