कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट फेला

कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट फेला


कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट फेला

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिरहेको जनाएका छन् । 

उनले सङ्क्रमण बढिरहेकोले रोकथाम र नियन्त्रणका लागि सवै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउन समेत आग्रह गरेका छन् । 

उनले रोकथाम र नियन्त्रणकालागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सवै सरोकारवाला निकायलाई आग्रह गरे । उनका अनुसार यहि चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकोमा २४ वटैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो ।  

जसअनुसार ओमिक्रोन विए १.१ दुई वटा, ओमिक्रोन विए २ दुई वटा, ओमिक्रोन विए २.७६ एक वटा, ओमिक्रोन विए ५ दुई वटा भेरियन्ट फेला परेका छन् । 

यस्तै ओमिक्रोन विए ५.२ दुई वटा, ओमिक्रोन एक्सविवि १.१६ दशवटा, ओमिक्रोन एक्सविवि १.५  तीन वटा, ओमिक्रोन एक्सविवि २.६ एक वटा र ओमिक्रोन एक्सविएफ एक वटा फेला परेका छन । 

 “कोभिड–१९ महामारी अझ पनि पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।  खोप, जनस्वास्थ्यका मापदण्ड लगायतका बहुक्षेत्रिय संयन्त्रको सयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ” मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ । 

हिजो कोरोना भाइरसको सङ्क्रमण ७६ जनामा देखिएको छ । 

 


प्रकाशित मिति: मंगलबार, २१ चैत, २०७९, १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९