काठमाडौँ, । पछिल्लो चौबिस घण्टामा देशभर ३९३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६३ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ७९४ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ३५५ र १ हजार ५३५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३८ जनाको जनाको पोजेटिभ आएको हो ।
जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १५६ भक्तपुरमा २१र ललितपुरमा ४५ जना गरी उपत्यकामा २२२ जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेका छन् । आइसीयूमा ८८ जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज थप ३ लाख १६ हजार ७७४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९