ढोरपाटनका मेयर अध्यागमनको निगरानी सूचीमा

ढोरपाटनका मेयर अध्यागमनको निगरानी सूचीमा


ढोरपाटनका मेयर अध्यागमनको निगरानी सूचीमा

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अध्यागमन विभागको निगरानी सूचीमा परेका छन्। आइतबार मेयर नेपालीसहित चारजनालाई विदेश जानसक्ने भन्दै अध्यागमनले निगरानी सूचीमा राखेको हो ।

आफूले चलाएको सहकारीबाट निक्षेपकर्तालाई रकम फिर्ता दिन नसकेपछि नेपाली फरार भएका छन् । यहीक्रममा उनी विदेश भाग्न सक्ने सुइँको पाएपछि अध्यागमन विभागले निगरानी सूचीमा राखेको हो । उनी एकाएक सम्पर्कविहीन भएपछि बाग्लुङ प्रहरीले उनको खोजी गरिरहेको छ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन्।

एमालेका नेपाली २०७४ र २०७९ को निर्वाचनमा लगातार मेयरमा विजयी भएका हुन् ।

 


प्रकाशित मिति: सोमबार, ८ जेठ, २०८०, १२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९