लुम्बिनीमा नवनियुक्त तीन मन्त्री र मुख्य न्यायाधिवक्ताको शपथ ४ बजे

लुम्बिनीमा नवनियुक्त तीन मन्त्री र मुख्य न्यायाधिवक्ताको शपथ ४ बजे


लुम्बिनीमा नवनियुक्त तीन मन्त्री र मुख्य न्यायाधिवक्ताको शपथ ४ बजे

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तीन मन्त्री र मुख्यन्यायाधिवक्ता नियुक्त गरेका छन् । सोमबार मुख्यमन्त्री चौधरीले कांग्रेसका राजु खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले सोमबार नै वरिष्ठ अधिवक्ता डा।बुद्धबहादुर थापा क्षेत्रीलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका छन् । उनीहरूको आजै पद तथा गोपनीयताको शपथको तयारी भइरहेको छ ।

नवनियुक्त मन्त्री तथा मुख्यन्यायाधिवक्ताको शपथग्रहण सोमबार दिउसाे ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने बताइएकाे छ ।

 


प्रकाशित मिति: सोमबार, ८ जेठ, २०८०, १३:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९