सेयर बजारमा ८ अंककाे वृद्धि

सेयर बजारमा ८ अंककाे वृद्धि


सेयर बजारमा ८ अंककाे वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१ को विन्दुमा कायम हुन पुगेको हाे ।

सोमबार नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २७ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग र व्यापार उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज उत्पादन तथा प्रशोधन उपसूचक २.४४ प्रतिशतले बढेको छ ।

सोमबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै सोल्टी होटलको ६ करोड १७ लाख, ओरिएण्टल होटल्सको ५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 


प्रकाशित मिति: सोमबार, ८ जेठ, २०८०, १५:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९