लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ


लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेशका नव नियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ २ (१) का राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका रुपन्देही ५(२) का चन्द्रकेश गुप्ता, जसपाका कृषि तथा भूमि व्यवस्था मन्त्री बाँके २(१) का भण्डारीलाल अहिरले प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

तीनै जना मन्त्रीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मन्त्रीमा नियुक्त गरेका हुन् । तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ (१)बाट निर्वाचित चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


प्रकाशित मिति: सोमबार, ८ जेठ, २०८०, १८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९