काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा उछाल आएको छ । लगातार घटेको नेप्से परिसूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा उक्लिएको हाे ।
शेयरबजारमा एकाएक उछाल आएसँगै आज दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको १० करोड माथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको ८ करोड ९९ लाख, एनआइसी एशिया बैंकको ७ करोड २३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोड १९ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९