इमरान खानलाई विदेश जान प्रतिबन्ध

इमरान खानलाई विदेश जान प्रतिबन्ध


इमरान खानलाई विदेश जान प्रतिबन्ध

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबी अब देश छोडेर भाग्न नपाउने भएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरानको नाम ‘नो फ्लाई लिस्ट’ मा परेको छ ।

अल कादिर ट्रस्ट मुद्दामा इमरानलाई मे ९ मा पक्राउ गरिएको थियो । त्यसपछि देशमा चरम हिंसा भयो र सो हिँसामा ८ जनाको मृत्यु भएको थियो । इमरानका समर्थकहरूले सेनाको बेसमा आक्रमण गरेका थिए र जिन्ना हाउस समेत जलाइएको थियो ।

इमरानविरुद्ध आतंकवाद विरोधी ऐन सहित करिब १४० वटा मुद्दा दर्ता छन् । सेनाले पनि इमरानलाई मे ९ मा भएको हिंसाको मास्टरमाइन्ड मानिरहेको छ । यसअघि उनीविरुद्ध बलियो प्रमाण संकलन भइरहेको छ । यही कारणले खान–बुशरासहित ६ सय जनाको नाम नो फ्लाई लिस्टमा राखिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।
अर्कातर्फ सेना प्रमुख जनरल असिम मुनीरले इमरानलाई चेतावनी दिदै सेनाको आधारमा आक्रमण गर्नेलाई नछोड्ने बताएका छन् ।

नो फ्लाई लिस्टमा इमरानको नाम समावेश भएको जानकारी ‘पाकिस्तान डेली’ ले एक उच्च अधिकारीलाई उद्धृत गर्दै दिएको हो । तर पाकिस्तानको शाहबाज शरीफ सरकारले यसबारे केही बताएको छैन ।

इमरानका समर्थकले सेनाको बेसमा आक्रमण गरेको घटनापछि इमरानको पार्टीका नजिकका साथीहरूले उनलाई छोडेका छन् । १६ ठूला नेताले इमरानको पार्टी छोडेका छन् । जसमा शिरीन मजारी, आमिर महमूद कियानी, मलिक अमीन असलम, महमूद मौलवी, आफताब सिद्दीकी, फयाज(उल(हसन चौहान, फवाद चौधरी र आमिर मीर लगायत रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, १२ जेठ, २०८०, १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९