उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा

उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा


उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा

काठमाडौं। सेमिफाइनलमा उज्वेकिस्तानविरुद्ध सोझो सेटमा जित निकाल्दै भारत काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भारतलाई प्रतिस्पर्धा दिए पनि उज्वेकिस्तानले कुनै पनि सेट आफ्नो पक्षमा पार्न सकेन।

पहिलो सेट १७–२५ ले आफ्नो पक्षमा पारेको भारतले दोस्रो सेटमा २०–२५ को जित निकालेको थियो। निर्णायक बनेको तेस्रो सेटमा उज्वेकिस्तानले १५–२५ को नतिजा सुम्पियो।

भारत समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा पुगेको थियो। यस्तै, उज्वेकिस्तान समूह ‘बी’को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो।

आजै पाँच बजे हुने दोस्रो सेमिफाइनलमा नेपाल र कजाकस्तान आमनेसामने हुँदैछन्। नेपाल समूह ‘ए’को उपविजेता तथा कजाकस्तान समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेको थियो।

 


प्रकाशित मिति: शुक्रबार, १२ जेठ, २०८०, १६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९