१० हजार परीक्षण गर्दा ४३५ सङ्क्रमित

१० हजार परीक्षण गर्दा ४३५ सङ्क्रमित


१० हजार परीक्षण गर्दा ४३५ सङ्क्रमित

 

काठमाडौँ, ।   पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ४३५ जनामा देखिएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले  १० हजार २६७ जनाको परीक्षण गर्दा ४३५ जनामा सङ्क्रमण देखिएको जानकारी दिइन् । 

उनका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उनले बताइन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रवक्ता डा. मिश्राले पछिल्लो २४ घण्टामा  सङ्क्रमणबाट कसैको पनि निधन भएको जानकारी दिइन ।  

अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । 

उनका अनुसार ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् ।
नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेसनमा चार  हजार ८५२ ,संस्थागत आइसोलेसनमा ३७३ आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार हुँदैछ । 

दुई लाख बढीले खोप लगाए

मन्त्रालयका प्रवक्ता डा. मिश्राले आज  दुई लाख ४६ हजार ३८५  जनाले खोप लगाएको बताइन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ४७ लाख १७ हजार २२६ जना र पूर्ण मात्रा एक करोड आठ लाख चार हजार ४१३ जनाले लगाइसकेका छन् । 


प्रकाशित मिति: बुधबार, २१ पुस, २०७८, २१:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९