सलमान खानको सुरक्षाकर्मीवाट बिक्कि कौशल माथी 'असहज' ब्याबहार

सलमान खानको सुरक्षाकर्मीवाट बिक्कि कौशल माथी 'असहज' ब्याबहार


सलमान खानको सुरक्षाकर्मीवाट बिक्कि कौशल माथी 'असहज' ब्याबहार

मुम्बई । आइफा अवार्ड २०२३ सुरु हुन लागेको छ । यस अवार्ड शोमा सहभागी हुन बलिउड स्टारहरु अबुधाबी जान थालेका छन् । यसैबीच अभिनेता विक्की कौशलले नराम्रो अनुभवको सामना गर्नुपरेको छ । 

यो नराम्रो अनुभव अरु कसैको कारणले नभई बलिउडका भाइजान अर्थात सलमान खानको सुरक्षाका कारण भोग्नुपरेको छ ।

वास्तवमा आइफा अवार्ड्स नाइटसँग सम्बन्धित एउटा भिडियो सोसल मिडियामा आएको छ । जसमा सलमान खानको सेक्युरिटीले विक्की कौशललाई साइडलाइन गरेको देखिन्छ ।

केही समययता सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्की आएको छ । यस्तो अवस्थामा उनीहरुको सुरक्षा निकै बढाइएको छ । जो हर समय भाइजानको साथमा रहन्छ। भाइरल भिडियोमा विक्की कौशल आफ्ना फ्यानसँग सेल्फी खिचिरहेका छन् । त्यतिबेला सलमान खान आफ्नो पूर्ण सुरक्षाका साथ भित्रिन्छन् ।

विक्की कौशलले सुरक्षामा घेरिएका भाइजानसँग कुरा गर्ने र हात मिलाउने प्रयास गर्छन् । तर, सलमानको सुरक्षा गार्डले कट्रिना कैफका पतिलाई बेवास्ता गर्छन।

अहिले सामाजिक सञ्जालमा विक्की कौशल र सलमान खानका फ्यानहरूले यो भिडियोमा कमेन्ट गर्दै आफ्नो प्रतिक्रिया दिइरहेका छन् । विक्की कौशल सलमान खानको सबैभन्दा मिल्ने साथी कट्रिना कैफका पति हुन् ।

सलमान खान र कट्रिना कैफ फिल्म टाइगर ३ मा फेरि एकसाथ देखिने भएका छन् । यो चलचित्रको छायांकन अहिले धमाधम भैरहेको छ । अर्कोतर्फ, विक्की कौशल चाँडै नै अभिनेत्री सारा अली खानसँग फिल्म जरा हटके जरा बचकेमा देखिदै छन् ।

 


प्रकाशित मिति: शनिबार, १३ जेठ, २०८०, १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९