टर्कीमा आज नयाँ राष्ट्रपति चयन गर्न दोस्रो चरणको निर्वाचन

टर्कीमा आज नयाँ राष्ट्रपति चयन गर्न दोस्रो चरणको निर्वाचन


टर्कीमा आज नयाँ राष्ट्रपति चयन गर्न दोस्रो चरणको निर्वाचन

टर्कीका आज नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुँदैछ ।

दुई साताअघि भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत मत ल्याउन नसकेकाले आज दोस्रो तथा अन्तिम चरणको मतदान हुन लागेको हो । राष्ट्रपति चयनका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्दछ ।

पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार अर्थात राष्ट्रपति रिसेप तैयप एर्दोआन र विपक्षी नेता केमाल क्लुच-दारोलु मात्रै आजको प्रतिष्पर्धामा छन् ।

आजको निर्वाचनले प्रधानमन्त्री र राष्ट्रपति गरी २० वर्ष अनवरत् सत्तामा रहेका एर्दोआनलाई थप पाँच वर्षका लागि सत्ता सुम्पने वा नसुम्पने निर्णय गर्नेछ ।

टर्कीमा ६ करोड ४० लाख योग्य मतदाता रहेकोमा पहिलो चरणको मतदानमा ८८.८ प्रतिशत मत खसेको थियो । राष्ट्रपति एर्दोआनले आफ्ना प्रतिद्वन्द्वी केमालभन्दा २५ लाख मत बढी ल्याएका थिए । एर्दोआनले ४९।५ र केमालले ४४।८९ प्रतिशत मत पाएका थिए ।

दुवैको ध्यान पहिलो चरणमा मतदान नगरेका ८० लाख मतदातामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दोस्रो चरणको मतदान हुनु अघि केमालले आफूलाई सामूहिक मोबाइल म्यासेज पठाउनमा रोक लगाइएको तर एर्दोआनलाई छुट दिइएको भन्दै धाँधलीको आरोप लगाएका छन् ।

केमाल विपक्षी ६ वटा दलको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् ।

 


प्रकाशित मिति: आइतबार, १४ जेठ, २०८०, १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९