सेयर बजार दोहोरो अंकको गिरावट

सेयर बजार दोहोरो अंकको गिरावट


सेयर बजार दोहोरो अंकको गिरावट

काठमाडौ । सेयर बजारमा लगातार ७ दिनको वृद्धिपछि आइतबार बजार करेक्सनमा गएको छ । यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा अडिएको छ । २ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

ट्रेडरहरुले नाफा बुक गर्दा बजारमा केही दबाब परेको अनुमान गरिएको छ । आइतबार पनि अन्तिम प्रहरमा मात्र बिक्रेता हावी भएका हुन् । कारोबार अधिकांश समय भने बजार हरियो नै रहेको थियो ।

लगातार ७ कार्य दिन बढेको बजारमा करेक्सन आउनु स्वभाविक पनि हो । ट्रेडरहरुले निश्चित प्रतिशत मुनाफामा खरिदबिक्री गर्ने भएकाले पनि बजारमा उतारचढावहरु आइरहन्छ, जुन स्वभाविक पनि हो । सोमबार नयाँ बजेट आउँदैछ । बजेटमा लगानीकर्ताले पुँजीगत लाभकर घटाउने लगायतका सुधारको अपेक्षा गरेका छन् ।

समग्रमा पछिल्ला दिनहरुमा सेयर बजारको गति सकारात्मक रह्यो । १८०७ विन्दुमा आएको बजार करिब डेढ सय अंक बढेर १९५० भन्दा माथि पुग्यो । यसले लगानीकर्तामा केही उत्साह भने अवश्य जगएको छ ।

यस दिन २७० कम्पनीको ७० लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७९ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन् ।


प्रकाशित मिति: आइतबार, १४ जेठ, २०८०, १६:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९