एकैदिन थपिए ९६८ जना कोरोना संक्रमित

एकैदिन थपिए ९६८ जना कोरोना संक्रमित


एकैदिन थपिए ९६८ जना कोरोना संक्रमित

काठमाडौँ, । पछिल्लो चौबिस घण्टामा देशभर ९६८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार २७२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ५७२ र ६ हजार ६९९ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३९६ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २८४ भक्तपुरमा २३ र ललितपुरमा ६२ जना गरी उपत्यकामा ३६९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छन् । आइसीयूमा ८१ जना भेन्टीलेटरमा १५ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

त्यसैगरी आज थप २ लाख ६३ हजार ३७१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।


प्रकाशित मिति: शुक्रबार, २३ पुस, २०७८, २०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९