२४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

२४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि


२४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

काठमाडौँ, । नेपालमा कोरोना भाइरसको २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । २५० जना एस–जीन स्क्रिनिङ गदा२४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले जानकारी दिए ।

मन्त्रालयले पुस महिनामा एक हजार १४६ पोजेटिभ नमूनाको एस–जिन स्क्रिनिङ गर्दा २५० नमूनामा एस–जिन नेगेटिभ देखिएको छ । ति नेगेटिभ देखिएकाका २४ नमूनाको  जिन स्क्रिनिङ गर्दा सवैमा सङ्क्रमण देखिएको उनले बताइन । यसअघि नेपालमा तीन जनामा ओमिक्रोन भेरियन्ट भेटिएको थियो । 
यस्तै उनले ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सवै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिइन ।  

“ओमिक्रोनले गर्दा हुन सक्ने अत्यधिक विरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तपारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीको यचेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ,” मन्त्रालयका प्रवक्ता डा. मिश्राले विज्ञप्ति जारी गरि भन्नु भएको छ, “सीमा नाकामा कोमिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजिटिभ आएका केशलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।”

मन्त्रालयले  एस–जिन स्क्रिनिङ्ग गर्न वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, विरेन्द्र सैनिक अस्पताल, त्रि.वि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला–प्रदेश नं २ र भेरी अस्पताल व्यवस्था गरिएको छ ।

नेपालमा हालसम्म उपलब्ध तथ्याङ्कको  आधार मान्ने हो भने  हो भने नेपालमा पनि ओमिक्रोनको कारणले अत्यधिक मात्रामा कोभिड–१९को सङ्क्रमण बढ्ने सम्भावना रहेको मन्त्रालयका प्रवक्ता डा. मिश्राले जानकारी दिइन । 

मन्त्रालयले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहेकोले सबैले थप सजगता अपनाउनु पर्ने देखिएको उनको भनाई रहेको छ ।
अन्य भेरियन्ट जस्तै ओमिक्रोन भेरिएन्टबाट बच्नका लागि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सही तरिकाले मास्क लगाउने, बारम्बार हात धुने तथा दुई मिटरको भौतिक पूरी कायम गर्ने गर्न मन्त्रालयले अनुरोध गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, २३ पुस, २०७८, २०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९