उड्डयन प्राधिकरणलाई विभाजन गरि नियामक र सेवा प्रदायक निकाय बनाइने

उड्डयन प्राधिकरणलाई विभाजन गरि नियामक र सेवा प्रदायक निकाय बनाइने


उड्डयन प्राधिकरणलाई विभाजन गरि नियामक र सेवा प्रदायक निकाय बनाइने

काठमाडौँ, । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ । 

आज संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले प्राधिकरणलाई पुनर्संरचना गरि नियामक र सेवा प्रदायक निकाय अलगअलग गरिने उल्लेख गरेका छन् । 

उडान सुरक्षालाई उचच प्राथमिकतामा राखी गुणस्तरिय पूर्वाधार विकास तथा सेवा प्रवाहमा सुधार गर्नुका सार्थ नियामकीय भूमिका सवल बनाइने बजेटमा उल्लेख गरिएको छ । 

गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रुपमा अन्तराष्ट्रिय हवाई सेवा संचालन हुने व्यवस्था मिलाइने छ । यी विमानस्थलमा उडान भर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ । 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना र यात्रु सेवामा सुधार गरिने छ । 

बौद्धमार्गीलाई लुम्बिनीसंग प्रत्यक्ष रुपमा जोड्न थाइल्याण्ड, श्रीलंका, चीन, भारत लगायतका राष्ट्रसंग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै उडान गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख गरिएको छ । 

 


प्रकाशित मिति: सोमबार, १५ जेठ, २०८०, २१:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९